‘पुष्पलाललाई गद्धार भनेकोमा पश्चाताप छ’

‘पुष्पलाललाई गद्धार भनेकोमा पश्चाताप छ’

स्याङ्जा : नेकपा नेता सोमनाथ अधिकारी ‘प्यासी’ले  पुष्पलाललाई गद्धार भनेकोप्रति पश्चाताप लागेको बताएका छन्। 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४१ औं स्मृति दिवसका अवसरमा स्याङ्जामा आयोजित कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक विचार गोष्ठीमा  बोल्दै नेता अधिकारीले परिस्थितिले त्यस्तो बोल्न बाध्य भएको स्वीकार गरे। 

पुष्पलालको विचार सधैभर समय अनुकुल रहेको दाबी गर्दै नेता प्यासीले पार्टी स्थापनाको पाँच पुस्तामा पनि उनका विचार अझै जीवन्त रहेको दाबी गरे।

गण्डकी प्रदेश सह–इन्चार्जसमेत रहेका प्यासीले राजतन्त्रप्रति नेपाली कांग्रेस नरम देखिएपछि पुष्पलालले कांग्रेसँग सम्बन्ध त्यागेर अघि बढेको बताए। नेता अधिकारीले विचार र सिद्धान्तमा अविचलित भएपनि पुष्पलाल संगठनमा भने कमजोर रहेको जिकिर गरे। 

पुष्पलालको बाटोलाई सबैले आत्मसाथ गर्नुपर्नेमा प्यासीले जोड दिए। उनले ०१४ सालको दोस्रो महाधिवेशनमा महासचिव केशरजंग रायमाझी राजावादी हुदाँ पुष्पलाल कमजोर बनेको बताए। 

उनले ०१७ सालको राजाको कदमको प्रतिपादन गरेको स्मरण गराए।    सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षित गराउन नसक्दा स्वदेशी तथा विदेशी विचौलिया खेल्नेगरेकोे अधिकारीको आरोप छ।

कार्यक्रममा केन्द्रीय सदस्य सीता सुन्दास, गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरे, जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाका अध्यक्ष खड्कराज सुवेदीलगायले पुष्पलालको योगदानका चर्चा परिचर्चा गर्दै उनका विचार र सिद्धान्तलाई सबैको माझमा लान नसकेमा पुष्पलालको कम्युनिस्ट पार्टीको औचित्य समाप्त हुनेमा जोड दिए।

     

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.