विपत्तिबाट जनता जोगाउन एक हौँ : योगेश भट्टराई

विपत्तिबाट जनता जोगाउन एक हौँ : योगेश भट्टराई

काठमाडौं : सत्तारुढ दल नेकपा सांसद योगेश भट्टराईले देशलाई विपत्तिबाट जोगाउन सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूकम्पपछि एक भएर अघि बढेजस्तै फेरि एकपटक एक ठाउँमा उभिनुपर्ने बताए। ‘हामी विनासकारी भूकम्पपछि एक भएका थियौँ ’, उनले भने, ‘अब जनतालाई विपत्तिबाट जोगाउन फेरि एक हुनुपर्छ।’

उनले भारतले सीमामा बनाएका संरचनाले तराई डुबेको भन्दै यसको समाधान गर्न सरकारसँग आग्रह गरे। 

‘पहाडमा जथाभावी संरचना बनाउँदा पहाड खसेको छ। भारतले सीमामा बनाएको संरचनाले तराई डुबेको छ। यसमा सरकारले चासो दिओस्’, उनले भने, ‘भारतले पनि जनताको मृत्युप्रति नजरअन्दाज नगरोस्।’ 

उनले सरकारले बाढीपछि उद्धार र राहतमा तदारुकता देखाएको बताए। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.