कैलालीमा डुबेर दुईको मृत्यु
टीकापुर : कैलालीको गुलरा र सुख्खडमा नदीमा डुबेर दुईजनाको ज्यान गएको छ ।
लम्कीचुहा नगरपालिका–६ गुलराकी १५ वर्षीया कल्पना चौधरीको स्थानीय चरेला नदीमा डुबेर मृत्यु भएको छ । उनी बिहान ८ बजे हराएकी थिइन् । चौधरी आज दिउसो ४ बजे मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्र जैशीले जानकारी दिए ।
उता, घोडाघोडी नगरपालिका वडा न–१ बेलारगाउँस्थित सुक्तिकाँडा नदीमा डुबेर १६ वर्षीय नवराज न्यौपानेको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार न्यौपाने दैलेखको चामुण्डा विन्दासैनी नगरपालिका वडा न–८ घर भइ सुख्खडको बेलारगाउँ आफन्तको घरमा आएका थिए ।प्रहरी निरीक्षक यक्ष जोशीका अनुसार साथीहरुसँग नदीमा नुहाउन गएका न्यौपाने दिउसो साढे ३ बजेतिर डुबेका थिए ।
प्रतिक्रिया दिनुहोस !
१