लागुऔषधसहित आमा-छोरा पक्राउ

लागुऔषधसहित आमा-छोरा पक्राउ

सिरहा : सिरहाको सुखीपुर नगरपालिका ८ गोठचौकबाट लागुऔषधसहित प्रहरीले बिहीबार आमा-छोरालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका ४ तेनुवापट्टिका ३४ वर्षीया सीतादेवी यादव र उनकै छोरा १८ वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिए।

बोहोराका अनुसार पक्राउ परेका आमा-छोराले भारतीय बजारबाट लागुऔषध ओसारपसार गर्दै आएको खुलेको छ। ३९ एम्पुल फेनारगन र ३५ पिस डाइजोपाम झोलामा लुकाएर राखेको अवस्थामा भेटिएको उनले बताए।

यसैबीच, बुधवार भारतीय बजारबाट लागुऔषध नेपाल ल्याउँदै गरेका अस्थामा सिरहा नगरपालिका ४ का २३ वर्षीय मोहम्मद सालिक सिद्धिकी पनि पक्राउ परेका छन्। स ६प ५२०५ नम्बरको मोटरसाइकलमा सवार सिद्धिकीको साथबाट प्रहरीले नाइट्राभेट ११ पिस र १० ग्राम गाँजा बरामद गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.