एसईई ग्रेडवृद्धि परीक्षाबारे मन्त्रालयको झुटो दाबी

एसईई ग्रेडवृद्धि परीक्षाबारे मन्त्रालयको झुटो दाबी

काठमाडौं  : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा सञ्चालन सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचना भूलवश प्रकाशित भएको मन्त्रालयले दाबी गरेको छ।

तर मन्त्रालयका सचिव नै उपाध्यक्ष रहेको बोर्ड बैठकले गरेको निर्णय भूलवश छापिएको भन्ने गलत दाबी गरेर मन्त्रालयले आफ्नो कमजोरी लुकाउन खोजेको स्पष्ट भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार १२ गते सार्वजनिक गरेको थियो। असार १४ गते बोर्डले एसईईमा दुई विषयमा सी वा त्यसभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने सूचना जारी गरेको थियो। सूचनाअनुसार विद्यार्थीलाई परीक्षा फारामसमेत भर्न लगाएको थियो।

तर अकस्मात् शिक्षा मन्त्रालयले असार २० गते सी ग्रेड ल्याउने सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था गर्न परीक्षा बोर्डअन्तर्गत एसईई सञ्चालन गरिरहेको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो। व्यवस्थापन तयारीमा चासो नदिइ मन्त्रालयले एक्कासी परीक्षामा सबै विद्यार्थीलाई सहभागी गराउनु भन्ने निर्देशन दिएको भन्दै पनिकाले असन्तुष्टि जनाएको थियो। परीक्षा सञ्चालनका लागि पर्याप्त बजेट र कर्मचारी नदिएको, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने नियन्त्रक उपसचिव स्तरको भए पनि एसईई सञ्चालन गर्ने नियन्त्रक सहसचिव स्तरको राखेर मन्त्रालयले पक्षपात गरेकोलगायत विषयमा असन्तुष्टि जनाउँदै परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीले मन्त्रालयमा निवेदन दिएका थिए।

उनले आफूलाई परीक्षा नियन्त्रण कार्यालयबाट हटाइदिन समेत निवेदनमा अनुरोध गरेका थिए। यी विषयमा समाचार सार्वजनिक भएपछि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएको हो। प्रवक्ता वैकुण्ठ अर्यालले जारी गरेको विज्ञप्तिमा अक्षरांक पद्धती कार्यान्वयन कार्यविधी २०७२ ले सी वा सीभन्दा तल्लो ग्रेड ल्याएका विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेकाले सोहीअनुसार असार २० गते बोर्डलाई निर्देशन दिएको दाबी गरेको छ।

तर मन्त्रालयको दाबी झुटो भएको यसअघिका घटनाले पनि प्रमाणित गर्छन्। गत वर्ष पनि परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक भएपछि दुई विषयमा मात्र सी वा सोभन्दा तल्लो ग्रेड ल्याएकाले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने सूचना जारी गरेको थियो। तर पहिलो नतिजामा अत्यन्त थोरै विद्यार्थीले मात्र उच्च ग्रेड ल्याएको र तल्लो ग्रेड ल्याएका धेरै विद्यार्थी कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएको गुनासो आएपछि सी वा तल्लो ग्रेड आएका सबै विषयको परीक्षा दिन पाउने व्यवस्थासहित दोस्रो सूचना जारी गरेको थियो।

कार्यविधिले ग्रेडवृद्धि परीक्षामा बस्न सी वा सोभन्दा तल्लो ग्रेड ल्याएका यति नै विषय भनेर तोकेको छैन। कार्यविधिले नतोकेका कारण बोर्डले परीक्षा सहज सञ्चालन गर्न बढीमा दुई विषयका परीक्षा मात्र दिन पाउने निर्णय गरेको थियो। यसपटक मन्त्रालयको पछिल्लो निर्णयअनुसार ३ लाख ६० हजार विद्यार्थी ग्रेडवृद्धि परीक्षामा बस्न योग्य छन्।

ती सबै विद्यार्थीले परीक्षा दिए भने वर्षभरि तयारी गरेर सञ्चालन गरिएको एसईई जत्तिकै तयारी गर्नुपर्ने भएकाले पनिका तर्सिएको हो। ‘४ लाख ८० हजार परीक्षार्थीको परीक्षा लिन वर्षभरि तयारी गर्नुपर्छ। एक महिनाको तयारीमा ३ लाख ६० हजारको परीक्षा चलाउनुप¥यो भने के हालत होला ? ’, परीक्षा नियन्त्रक अधिकारीले भने, ‘त्यतिमात्रै होइन, पर्याप्त बजेट छैन। जनशक्ति पनि छैन। खारेज भइसकेको कार्यालयमा काजका कर्मचारी लिएर बस्नुपरेको छ। यस्तो समस्या सुनिदिने कोही छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.