अज्ञात समूहले जलायो अदालको गाडी

अज्ञात समूहले जलायो अदालको गाडी

नवलपुर :  पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी गरिएको छ।घर छेउमा पार्किङ्ग गरेर राखेको गाडीमा शुक्रबार बिहान आगजनी गरिएको हो। गाडीमा आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

आगो लगाउने व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता नायब उपरीक्षक अर्जुनकुमार रानाभाटले बताए। गाडीमा मट्टितेल राखेर आगो लगाइएको प्रहरीले जनाएको छ।आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ। साउन ७ देखि नेत्र विक्रम चन्द समूह विप्लवले सरकारी गाडी चल्न नदिने भन्दै प्रतिवन्ध लगाएको छ।

उक्त गाडी पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ। आगो लगाउने व्यक्तिको खोजी कार्य भइरहेको नायब उपरीक्षक रानाभाटले बताए। यसैबीच विप्लव समूहले सरकारी गाडी चल्न नदिने समाचारपछि जिल्लाका अधिकांश सरकारी नम्बर प्लेटका गाडी चल्न सकेका छैनन्। सुरक्षा निकायबाहेक अन्य सरकारी गाडी सडकमा देखिएका छैनन्।

सबैजसो स्थानीय तहका प्रमुख र अन्य जनप्रतिनिधिका गाडी कार्यालय र घरमा राखिएका छन्। अति आवश्यक काममा जानुपर्ने जनप्रतिनिधिले रातो प्लेटका गाडी भाडामा लिएर जाने गरेका छन्।  आगजनी गरेको बा २ झ ३५०२ नं. को गाडी श्रेस्तेदार शारदादत्त बडु चड्ने हो। श्रेस्तेदार बडु कावासोतीस्थित थकाली चोकमा भाडामा बस्दै आएका छन्।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.