रुपन्देहीमा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी

रुपन्देहीमा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी

भैरहवा : रुपन्देहीमा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन्। जिल्लाको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवाका दुई परिवारका १६ जना बिरामी परेका हुन्।

जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएपछि उनीहरु भैरहवा भीम अस्पतालमा उपचारत छन्। बिरामी हुनेमा बालबालिकादेखि वृद्धासम्म छन्।

अस्पतालमा रोहिणी गापाको लोहार र सम्मरीमाई गापाको हरिजन परिवार उपचारत अवस्थामा रहेको अस्पतालले जनाएको छ।रोहिणी गापा १ चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि एकै परिवारका ७ जना बिरामी परेको परिवारका सदस्य बाले लोहारले बताए।

त्यस्तै सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि एकै परिवारका ९ जना बिरामी परेको परिवारका सदस्य रामकेश हरिजनले बताए। केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए।

अस्पतालमा उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था समान्य रहेको भैरहवा भीम अस्पतालका चिकित्सक डा. त्रिलोचन पन्थीले जानकारी दिए। वर्षायाम सुरु भएसँगै जथाभावी च्याउ उम्रिने गरेको र शिक्षाको अभावमा त्यस्तो च्याउ खादाँ सर्वसाधरण विरामी पर्ने गरेको उनले बताए।

जथाभावी रुपमा उम्रिएको च्याउमा विषादी हुने अत्याधिक सम्भावना भएकोले त्यस्तो च्याउ उपभोग नै गर्न नहुने डा. पन्थीको सुझाव छ।जथाभावी उम्रिएको च्याउ खाँदा मानिसको मृत्यु हुने गर्दछ।

विषालु च्याउबाट कसरी जोगिने, विषालु च्याउ खाएमा के गर्ने, के नगर्ने र देखिने लक्षणको विषयमा उनले दिएको सुझाव यहाँ प्रस्तुत गरेका छौँ।

विषालु च्याउबाट जोगिने र खाएमा के गर्ने, के नगर्ने ?

- विषालु च्याउबाट जोगिनका लागि जथाभावी रुपमा उम्रिएको च्याउ सेवन नै नगर्ने।

- विषालु च्याउ खाएमा उपचारका लागि तत्काल नजिकको स्वास्थ्य संस्थामा जाने÷लैजाने।

- विषालु च्याउ खाएमा कुनै पनि किसिमको घरेलु औषधी, जडिबुटी जस्ता वस्तु सेवन नगर्ने÷नगराउने।

 विषालु च्याउ खाएमा देखिने लक्षण ?

- वान्ता हुने, चक्कर लाग्ने, पखाला लाग्ने।

- शरीरको तापक्रम बढ्ने।

- श्वास फेर्न समस्या पर्ने।

- शरीरमा कम्पन आउन सक्ने।

- पेट दुखाई हुने, लगायत।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.