पहिरोको जोखिममा वडा कार्यालय र सामुदायिक भवन
: पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-१ सावादिनको वडा कार्यालय र सामुदायिक भवन जोखिममा पारेको छ।
खोल्सीले कटान गरेपछि पहिरो झरेर भवन छेउसम्मै पुगेको वडाध्यक्ष यज्ञ लिम्बुले बताए। ‘भवन मुनिपट्टिको खोल्सी खेल मैदानमा प्रवेश गरेर भर्खरै स्तरोन्नती गरिएको खेल मैदानको भित्ता कटान गर्यो,’ लिम्बुले भने, ‘लगातारको वर्षाले भित्तो खस्ने क्रम नरोकिएपछि समस्या भयो।’
पहिरो निरन्तर झरिरहेकाले जोखिम बढेको रहेको उनले बताए। पानी परिरहे पनि अहिले पर्खाल लगाएर पहिरो नियन्त्रणको प्रयास भइरहेको वडाध्यक्ष लिम्बुको भनाइ छ। सामुदायिक भवन २१ लाखको लागतमा गत वर्ष मात्रै निर्माण गरिएको हो भने वडा कार्यालय पहिलेनै बनाइएको थियो।