राज्यले संकलन गरेको तथ्यांकमै दलित समुदायको अपमान !

राज्यले संकलन गरेको तथ्यांकमै दलित समुदायको अपमान !

बाजुरा : बाजुराको हिमाली गाँउपालिका–५ नन्दापाटा गाँउमा रहेका दलित समुदायलाई राज्यले दिने परिचयपत्रमा ‘डुम वडा’ लेखेको पाइएको छ । यहाँका दलित अगुवाले भने विभेद् गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले यसलाई संस्थागत विभेद्को रुपमा सच्याउन माग गरे ।

कृषि, भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय अन्तर्गत गरिब घरपरिवार पहिचान परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले वितरण गर्न लागेको गरिब परिचय पत्रमा ‘डुम वडा’ लेखेर आएपछि नन्दपाटा गाउँका दलित समुदायले आपत्ति जनाएका हुन् ।

नन्दापाटा गाँउमा ५५ परिवार दलित बसोवास गर्दैआएका छन् । सार्की, कामी, दमाइ, ल्वार बस्ने गरेका छन् । गाँउको नाम नन्दापाटा हो, तर सरकारले दिने परिचयत्र पत्रमा ‘डुम वडा’ नै लेखियो ।

स्थानीय दलित अधिकारकर्मी गोरख सार्कीका अनुसार राज्यले नै ठाँउको नाम ‘डुम वडा’ भनेर पठाएपछि सरकारले नै विभेद् गरेको उनले बताए ।

‘डुम’ दलितलाई प्रयोग गाली गर्ने शब्द हो । ‘कथित माथिल्लो जातकाले डुम भनेर अवहेलना गर्थे, राज्यले नै हेयको शब्द प्रयोग गरिदियो,’ स्थानीय हंशलाल सार्कीले बताए ।

स्थानीय दलित समुदायले गाँउपालिका र जिल्ला प्रशासन कार्यलय बाजुरामा ठेगाना परिवर्तनका लागि आग्रह गरेका छन् । हिमाली गाँउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भने केन्द्र बाटै गरिब परिचयपत्रको तथ्यांकमा डुमवडा भनेर उल्लेख भएर आएको बताए ।

यसलाई सुधार्न सम्बन्धित निकायमा पहल भइरहेको उनको भनाइ छ । यो तथ्याङ्क संकलनको बेला नै त्रुटी भएको हुनसक्ने उनी बताउँछन् । स्वामीकार्तिक खापर गाउँपालिका १ मा बस्ने तीन सय बढी दलित समुदायले पनि आफ्नो गाउँलाई ‘डुमकोट’ नाम लेखिएकोमा विरोध जनाए ।

दशवर्षे युद्धपछि तत्कालिन माओवादीले यो वडाको नाम परिवर्तन गरेर मुक्तिकोट बनाएको थियो । सरकारी दस्ताबेजबाट भने डुमकोट नाम हटाइएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.