‘नागोबाबु’को सम्झना
राजविराज : जीवनभर सामाजिक काममा सक्रिय रहेका पूर्वमन्त्री डा. नागेश्वरप्रसाद सिंह ‘नागोबाबु’लाई आज उनका प्रशंसक तथा अनुयायीले सम्झिए ।
नेपाल विश्व शान्ति समितिद्वारा स्वर्गीय सिंहको ९३औं जन्मजयन्तीका अवसरमा राजविराजमा शनिबार आयोजित स्मृतिसभाका वक्ताहरुले उनका सामाजिक जीवनको चर्चा भयो ।
विकासप्रेमी, शान्तिप्रेमी र शिक्षाप्रेमी स्वर्गीय सिंहको योगदानलाई स्मरण गर्दै उनको बाटो आत्मसात् गर्नुपर्ने वक्ताहरुको भनाइ थियो । ‘नागोबाबु’ को नामबाट चिनिने उनको सत्कर्मको सिको गरे मात्रै सच्चा श्रद्धाञ्जली हुने उनीहरुले बताए ।
चिकित्सक, राजनीतिज्ञ, समाजसेवी हुँदै शान्तिकामी बनेका सिंहको जीवनीले नयाँ पुस्तालाई सामाजिक रूपान्तरण गर्ने अभियानमा अभिप्रेरित गरिरहेको वक्ताहरुको भनाइ थियो ।