अन्तरिम संरचनामा अल्झिएको कांग्रेसले आज पनि बोलायो केन्द्रीय समिति

अन्तरिम संरचनामा अल्झिएको कांग्रेसले आज पनि बोलायो केन्द्रीय समिति

काठमाडौं : पार्टीका अन्तरिम संरचना निर्माणमा जुटेको नेपाली कांग्रेसले आइतबार पनि केन्द्रीय समिति बैठक डाकेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको अन्तरिम संरचना निर्माणका बारेमा नेताहरूले धारणा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सभापतिको शेरबहादुर देउवाको निर्देशन अनुसार महामन्त्री पूर्णबहादुर खड्काले १४ एजेन्डा प्रस्तुत गरेका थिए। खड्काले प्रस्तुत गरेका एजेन्डामै कांग्रेस केन्द्रीय समिति बैठक केन्द्रित छ।

आइतबारको बैठकमा दोस्रो एजेन्डा 'पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा' छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए।

कांग्रेस विधानको धारा ७२ (४) मा 'पार्टी संगठनको अन्तरिम व्यवस्था' बारे उल्लेख छ। जसमा भनिएको छ-

(क) नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमांकन हेरफेर नभई यथावत् कायम रहेका गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कायम रहेको कार्यसमिति यथावत्कायम रहनेछन्।

(ख) नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधन पूर्व कायम रहेका प्रतिनिधिको अधिवेशनले यसै विधान बमोजिमको सम्बन्धित कार्यसमिति गठन गर्नेछ।

(ग) नेपालको संविधान बमोजिम नयाँ निर्धारण भएका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधन पूर्व कायम रहेका क्षेत्रीय अधिवेशन प्रतिनिधि प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुनेछन्। यसरी कायम हुन आएका प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले यो विधान बमोजिमको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति गठन गर्नेछ।

(घ) प्रदेशभित्रका यो विधान संशोधन पूर्व कायम रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन्। यसरी कायम हुन आएको प्रदेश अधिवेशनले यो विधान बमोजिमको प्रदेश कार्यसमिति गठन गर्नेछ।

(ङ) गाउँपालिका/नगरपालिका वडा कार्यसमिति गठन भएको बढीमा दुई महिनाभित्र वडा कार्यसमितिले मातहतका टोल कार्यसमिति गठन गर्नेछ।

विधानमा रहेका यी संरचनाहरू गठन गरी १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने कांग्रेसको एजेन्डा छ।  पहिलो चरणमा प्रदेशस्तरीय, त्यसपछि निर्वाचन क्षेत्रस्तरीय अनि मात्र स्थानीय तहमा पार्टी संरचना बनाउने गरी छलफल भइरहेको नेताहरूले बताएका छन्।

बैठकको पहिलो एजेन्डामा संशोधित नियमावली पारित गर्ने बुँदा थियो। तर नियमावलीलाई लिएर कांग्रेसमा अझै विवाद जारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.