कालेखोलामा पहिरो, कर्णाली राजमार्ग ठप्प

कालेखोलामा पहिरो, कर्णाली राजमार्ग ठप्प

कालिकोट : जिलाको शुभकालिका गाँउपालिका–१ स्थित कालेखोलामा ठूलो पहिरो गएको छ । गएरातिदेखिको अबिरल वर्षाका कारण पहिरो गएको हो । पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ । 
कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्ड अन्तर्गत शुभकालिका गाउँपालिका स्थित गगने खोलाको पहिरोले आई राजमार्ग अवरुद्ध हुँदै आएकोमा आइतबार नयाँ ठाँउमा पहिरो गएको हो ।  
कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कालेखोलामा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प बताए।

पहिरोका अवस्था बुझ्न सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर, जिल्लाका प्रहरी प्रमुख डिएसपी बिनोश शर्मासहितको टोली घटनास्थल जान लागेको प्रजिअ कार्कीले जानकारी दिए । 
 ‘तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन्’ प्रजिअ कार्कीले भने–‘सानो डोजरले काम गर्न नसक्ने जानकारी आएको छ, ठूलो मेसिन खोजी भइरहेएको छ। 

वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्या छ । यसले गर्दा राजमार्गमा गुड्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ । आइतबार बिहानदेखि कालिकोट दैलेखको सिमाना दही खोलादेखि गगने भीरसम्म र हुल्मदेखि जिते बजारसम्म सवारी साधनहरुको लाइन छ । यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.