अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

कालिकोट : अत्याधिक रक्तश्रावका कारण कालिकोटमा एक जना सुत्केरीको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिका–४ रप्साकी ३० वर्षीया देवी सहकारीकोे शनिबार मृत्यु भएको हो।
यही साउन ९ गते सुत्केरी हुन जिल्ला अस्पताल कालिकोटमा भर्ना भएकी सहकारीको उपचार सम्भव नहुने भएपछि शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको थियो। उनलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शनिबार बाटोमै मृत्यु भएको आफन्त लालबहादुर वुढाले  जानकारी दिएका छन्।    

उनले शुक्रबारराति १२ बजे मृत्यु शिशु जन्माएकी थिइन्। टाउको नभएको मृत शिशु जन्मिएको र अस्पतालमा भएको रगत चढाइए उपचार गर्दा पनि रगत बग्न नरोकिएपछि जुम्ला रिफर गरिएको कालिकोट जिल्ला अस्पतालका प्रमुख भिष्म पोख्रेलले बताए। उनकाअनुसार सहकारीको पाठेघर नखुम्चिँदा अत्याधिक रक्तसश्राव हो।

समयमै अस्पताल पु¥याउँदा पनि जिल्ला अस्पताल कालिकोटको लापर्वाही कारण सुत्केरीको मृत्य मृतकका आफन्तले आरोप लगाइका छन्। पाँच दिनसम्म अस्पतालमा भर्ना गरिएको र ढिलो रिफर गर्दा बाटोमा मृत्यु भएको उनीहरुको आरोप छ। 

अस्पताल प्रमुख पोख्रेलले उपचारमा संलग्न चिकित्सकले सक्दो प्रयास गर्दा पनि सहकारीको अवस्थामा सुधार नआएको बताए। परिवारको आर्थिक अवस्था निकै कमजोर  भएका कारण जुम्ला रिफर खर्च पनि बेहोरेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.