दिल्लीमा बालिका बलात्कारपछि हत्या : पराराष्ट्रमन्त्रीको ध्यानाकर्षण

दिल्लीमा बालिका बलात्कारपछि हत्या : पराराष्ट्रमन्त्रीको ध्यानाकर्षण

बाजुरा : भारतको राजधानी नयाँ दिल्लीमा बलात्कारको प्रयासपछि हत्या भएकी बाजुराकी बालिकाको न्यायका लागि बाजुराबाट प्रतिनिधि सभाका सदस्य सांसद लालबहादुर थापाले परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएका छन्। भारतको पूर्वी दिल्लीको सक्‍कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयाससँगै हत्या भएको थियो। 

उक्त घटनाको सत्यतथ्य छानबिनसँगै अभियुक्तलाई कारवाहीसहित पीडित बालिकाको न्यायका लागि बिहीबार परराष्ट्रमन्त्री प्रदिप ज्ञावली भेटेर सांसद थापाले ध्यानाकर्षण गराएका थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिए।

मन्त्री ज्ञावलीले कुटनीतिक माध्यममबाट र भारतस्थित नेपाली राजदूतावाससँग न्यायका लागि पहल गर्ने बताएका छन्। बालिकाको बलात्कारको प्रयासपछि भारतको दिल्लीमा हत्या भएको घटना सत्यतथ्य छानबिनसहित पीडितको न्यायका लागि परराष्ट्रमन्त्री कहाँ पुगेको सासंद लालबहादुर थापाले बताए। 

मन्त्री पनि सकारात्मक भएको र आफू पनि अन्य माध्यमबाट पहल गर्ने थापाले बताए। भारतको पूर्वी दिल्लीको सक्कपुरमा  चदाराको बलात्कारको प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली राजदूताबासले पुष्टि गरिसकेको छ। 

बाजुराको बुढिगंगा नगरपालिका १ कुडी घर भएकी बालिका बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्। शुक्रबारको दिन पूर्वी दिल्लीको सक्कपुरको डि बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको थियो। उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ।

उनलाई भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ। बुवा देब चदारा त्यहि घरमा चौकीदारीको काम गर्थे भने आमा त्यहि घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन। शुक्रबार दिउँसो पौन १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। छोरी अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

भारतीय प्रहरीले अभियुक्तमाथि मुद्धा दर्ता गरेको छ। उनीमाथि नाबालिकाको हत्या र बलात्कार प्रयास गरेको आरोपमा भारतीय कानुनको दफा ३०२ र यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने सम्बन्धि कानुन मुद्धा चलाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.