कहिले बन्ला साइकल सिटी ?

कहिले बन्ला साइकल सिटी ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले साइकल सिटी बनाउने प्रतिबद्धता पूरा गरेका छैनन्। काठमाडौंलाई सन् २०२० सम्ममा पूर्ण साइकल सिटी बनाउन साइकल बोर्ड गठन गरी अघि बढ्ने योजना चुनावका बेला उनले सुनाएका थिए। निर्वाचित भएको दुई वर्ष बितिसक्दा पनि काम अघि बढेको छैन।

मेयर शाक्यले बोर्ड गठन नभएको स्वीकार गरे। ‘साइकल बोर्ड गठन भएको छैन’, उनले भने, ‘यसका लागि हामी छलफलमा छौं। चाँडै बोर्ड गठन गरी सम्पूर्ण जिम्मेवारी दिनेछौं।’

महानगरपालिकाले अघिल्लो वर्ष बिनायोजना साइकल ट्र्याक डिजाइन शीर्षकमा २० लाख बजेट छुट्याएको थियो। योजनामा कार्यान्वयन गर्न कुनै समिति नबनेकाले बजेट फ्रिज भएको छ। ‘यो वर्ष पनि बजेट छुट्याएका छौं’, उनले भने, ‘बोर्ड गठन गरी काम गर्नेछौं।’

अन्य नगरपालिकासँग समन्वय गरी उपत्यकाका सडकमा साइकलमैत्री लेन निर्माण गर्ने उनको लक्ष्य थियो। तीनकुने, माइतीघर, सिनामंगल, एयरपोर्टका सडकमा भएका साइकल लेन व्यवस्थित गरी कार्यान्वयन गर्ने उनले बताएका थिए। यो अवधिमा न साइकल लेन व्यवस्थित भएका छन् न त अन्य सडकमा साइकल लेन बनाउन थालिएको छ। भएका साइकल लेनसमेत प्रस्ट देखिँदैनन्। साइकल यात्रा गर्नेहरू सधैं लेन अभावमा ठूला गाडीले पेल्ने र दुर्घटनाको त्रासमा रहन्छन्।

काठमाडौंको परिचय नै साइकल सहरमा फेर्नेलगायत योजना थिए। महानगरका ससाना रुटलाई साइकल रूट बनाउने, साइकल र साइकल यात्रीका लागि बिमा योजना सुरु गर्ने, टोलटोलमा साइकल स्ट्यान्ड बनाउने अवधारणा अघि सारिएको थियो।

साइकल चोरी घटाउन सीसी क्यामेरा राख्ने, साइकल दुर्घटनामा पर्यावरणविद् डा. प्रल्हाद योञ्जनको निधन भएको दिन कात्तिक १४ लाई साइकल दिवस मनाउने, हरेक शुक्रबार सबैलाई अन्य साधनभन्दा साइकल चलाउन प्रोत्साहित गरिने, हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय साइकल सम्मेलन गर्ने लगायत योजना पनि अघि सारिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.