प्रमुख तीन राजमार्ग अवरुद्ध : खुल्न अझै एकसाता लाग्‍ने

प्रमुख तीन राजमार्ग अवरुद्ध : खुल्न अझै एकसाता लाग्‍ने

उदयपुर : बाढिपहिरोबाट क्षतिग्रस्त जिल्लाका प्रमुख तीन राजमार्ग नियमित सुचारुका लागि अझै एक साता लाग्ने भएको छ। झण्डै तीन साताअघिको बाढीपहिरोका कारण अवरुद्ध सिद्धिचरण, मदन भण्डारी र सगरमाथा राजर्माग सञ्चालनमा समस्या भएको हो। 

सिद्धिचरण राजर्मागको कटारी-घुर्मी खण्डको कटारी नगरपालिका-११ स्थित ठाटीभन्ज्याङ्गमा सडक एलामेन्ट नै परिर्वतन गर्नुपर्ने अवस्था भएपछि सञ्चालनमा कठिनाई भएको हो। 
ठाटीभन्ज्याङ्ग क्षेत्रमा राजमार्ग पहिरोले बगाएकोले एलाइमेन्ट परिर्वतन गरेर अहिलेको सडकभन्दा ४० मिटरमाथि नयाँ ट्र्याक खोल्ने काम भइरहेको सडक डिभिजन कार्यालय लाहानका प्रमुख विनोदकुमार साहले बताए। 

‘पहिरोले ठूलो क्षति भएको छ। ट्र्याक नै पहिरोले बगाएकाले नयाँ खोल्दैछौँ। त्यसैले समय लाग्यो, सम्भव भएसम्म मंगलबारसम्म मोटरसाइकल र पाँच दिनभित्रमा ठूला सवारी साधन सञ्चालन गर्छौँ’, उनी भन्छन्, ‘अन्यत्र ठाउँमा सडक पहिरोले पुरे पनि पन्छाएर लगिन्थ्यो, यो ठाउँमा दुवैतर्फ भीर भएकाले नयाँ खोल्न बाध्य भयौँ।’

अहिले पनि १३ वटा ठूला मेसिन प्रयोग गरेर सडक खोल्ने काम गरिरहेको प्रमुख साहको भनाइ छ। 

सडक पहिरोमा परेपछि ४० मिटरमाथिबाट झण्डै ५ सय मिटर लामो ट्र्याक खोल्नु परेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ। ‘सडक पूरै भत्किएकोले हाइट कटिङ गरेर बेस बनाउनुपर्ने हुन्छ’, प्रमुख साहले भने, ‘आधार नै भत्किएकोले एलाइमेन्ट परिर्वतन गर्नुपरेको छ।’ 

राजर्मागको मिर्चैया कटारी-कटारी-बेतेनीखण्ड आंशिक रूपमा सञ्चालन आए पनि बेतेनी-घुर्मी खण्ड पूर्णरूपले अवरुद्ध भएको हो। राजर्मागको बेतेनी-घुर्मी खण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका- ११ ठाटीभन्ज्याङ र लप्सेको भीरसहित दर्जन बढी स्थानमा पहिरो गएको छ। ठाटीभन्ज्याङमा सडक नै बगेको र लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको छ। २५ किलोमिटर क्षेत्रमा मोटरसाइकलसमेत सञ्चालन हुन सक्ने अवस्था छैन। 

त्यसैगरी सगरमाथा राजमार्गको पनि उदयपुर खण्डमा पहिरोले ठूलो क्षति पुगेको छ। खोटाङ्ग खण्ड मर्मतसम्भारपछि यातायात खुले पनि उदयपुर खण्ड अझै एक साता लाग्ने सूचना अधिकारी निजल श्रेष्ठले जानकारी दिए। 
रौतामाई गाउँपालिका- ५ स्थित जल्केनी-पोखरी खण्डमा ठूलो पहिरो गएकाले पन्छ्याउन समय लागेको उनले बताए। सडक सुचारुका लागि मेसिनहरू प्रयोग भइरहेको उनको भनाइ छ। 
    
यता मदन भण्डारी राजमार्ग अन्र्तगतको धरान-चतरा-गाईघाट-सिन्धुली खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक सुचारुका लागि मेसिन प्रयोगमा आएपनि दैनिकजसो वर्षा हँुदा केही कठिनाई भएको आयोजना प्रमुख ललिजन खनालले बताए। 

उनले भने, ‘पहिरो जानसाथ खुलाउने काम भएको छ, एकातर्फ खुलायो अर्कोतर्फ पहिरो गएर हैरान बनाएको छ’, उनले भने, ‘यद्यपि पूर्णरूपले खुलाउने प्रयास जारी छ।’

उदयपुरगढी गाउँपालिकाको वैद्यनाथ खोलामा लगाएको पुल चढ्ने सडक खोलाले बगाएको बाँकी भागमा यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ। आयोजनाको क्षेत्राधिकार १ सय ५० किलोमिटरभित्रका केही ठाउँमा पहिरोले समस्या उब्जाएको प्रमुख खनालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.