प्रदेश-३ का मुख्य न्यायाधिवक्ताले लिए शपथ

प्रदेश-३ का मुख्य न्यायाधिवक्ताले लिए शपथ

हेटौंडा : प्रदेश-३ का मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। 

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, भूमिव्यावस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया लगायतको उपस्थिती थियो। 

काठमाडौं महानगरपालिका-१४ कलंकी निवासी थपलियालाई प्रदेश मन्त्रिपरिषद् बैठकले गत बिहीबार मुख्य न्यायधिवक्तामा सिफारिस गरेको थियो। मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ।

२०४४ सालदेखि अधिवक्ता पेशा सुरु गरेका थपलिया २०७४ सालको साउन महिनामा वरिष्ठ अधिवक्ता भएका थिए। उनले आफूलाई प्राप्त अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारलाई सहयोग पुग्नेगरी काम गर्ने बताए। मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले नियुक्ति भएको १३ महिनामा गत जेठ २३ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.