करेन्ट लागेर मृत्यु
मलंगवा : करेन्ट लागेर सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा एकजनाको मृत्यु भएको छ।नेपाल विद्युत् प्राधिकरणको निर्माणाधिन शव स्टेशनमा काम गर्ने क्रममा करेन्ट लागेर जगतबहादुर बम्जनका २४ वर्षीय छोरा मेघबहादुर बम्बनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु सोही स्थानका जगतबहादुर बम्जनका २४ वर्षीय छोरा रबि भनेर चिनिने मेघबहादुर बम्बनको मृत्यु भएको प्रहरीले जनाएको छ। खाल्डोमा जमेको पानी मोटर लगाएर बाहिर फाल्न खोज्दा हाइ करेन्ट प्रवाह भई बोम्जनको घटनास्थलमै मृत्यु भएको हो।