भत्ता कटाएर पहिरो पीडितलाई सहयोग
भोजपुर : जिल्ला समन्वय समिति भोजपुरका पदाधिकारीले १५ दिन बराबरको भत्ता सुविधा पहिरो पीडितलाई सहयोग गरेका छन्। पहिरोले परिवार गुमाएका ५ पीडित परिवारलाई १५ हजार ५ सय ८८ रुपैयाँका दरले ७७ हजार ९ सय ४० रुपैयाँ सहयोग गरेका हुन्।
अविरल वर्षासँगे गत असार २८ गतेको पहिरोमा परी ज्यान गुमाउने रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङ तुन्ताङकी ३५ वर्षीया मनकुमारी राई र उनका दुई छोरा शिवकुमार र शक्तिकुमार राई, सोही गाउँपालिकाको वडा नं ७, बासिखोराका ६६ वर्षीय जगत बहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षीय जनक बिकको परिवारलाई उक्त रकम वितरण गरिएको हो।
सेवा सुविधा बापत समिति प्रमुखबाट १७ हजार, उप–प्रमुखबाट १२ हजार ५ सय र अन्य सदस्यबाट ६ हजार ९ सय २० का दरले संकलन गरिएको जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले बताए।