सरकारको मुल्याकंन गर्न गाउँ जाँदै नेकपाका सांसद

सरकारको मुल्याकंन गर्न गाउँ जाँदै नेकपाका सांसद

सुर्खेतः कर्णालीमा सत्तारुढ नेकपाका सांसदले प्रदेश सरकारले गरेको कामको मुल्याकंन गर्ने भएका छन्। आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै संसदमा आलोचना गर्दै आएका नेकपाका सांसद अब गाउँ तहमै पुगेर सरकारी कामको निरीक्षण गर्न लागेका हुन्।

तीन दिनसम्म वीरेन्द्रनगरमा बसेको नेकपा संसदीय दलको बैठकले सरकारी कामको प्रभावकारीताबारे जिल्ला, निर्वाचन क्षेत्र र गाउँतहसम्म पुगेर निरीक्षण गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा संचालन गरेका योजना र विकास आयोजनाको प्रगतिबारे सांसदले अनुगमन र मुल्याकंन गर्नेछन्। गाउँबाट निरीक्षण गरिएको प्रतिवेदन दलको बैठकमा पेश गर्न पनि सांसदलाई नेकपा संसदीय दलले निर्देशन दिएको हो।

आइतबार पत्रकार सम्मेलन गरेर नेकपा संसदीय दलले सरकारका कामकारबाहीबारे अनुगमन गर्ने निर्णय भएको जनाएको हो । नेकपा संसदीय दलले आफ्ना सांसदलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा भएको बजेटको कार्यान्वयन र विकास निर्माणको अवस्थाबारे डेढ महिनाभित्र प्रतिवेदन पेश गर्न भनेको छ।

यस्तै, बैठकले चालु आर्थिक वर्षमा निर्वाचन क्षेत्रअनुसार कति बजेट बिनियोजन भयो भनेर प्रतिवेदन पेश गर्ने पनि निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए। 

'अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले गरेका कामको निरीक्षण र अनुगमन गर्नेछौं,' प्रमुख सचेतक शाहले भने, 'हाम्रो पार्टीको सरकार छ। अहिले सरकारले गरेका कामबाट जनताले मुल्याकंन गर्नेछन्। त्यसकारण गाउँगाउँमा गएर सरकारी कामको अनुगमन गर्ने निर्णय गरेका छौं, हाम्रो यो अभियानले सरकारलाई सही बाटोमा हिँड्न मद्दत गर्नेछ।'

दलको बैठकमा सांसदले आफ्नै पार्टीको नेतृत्वमा सरकार भए पनि जनतालाई अनुभूति हुने काम गर्न नसकेको, बजेट नै कार्यान्वयन नभएको, बजेट मन्त्रीको क्षेत्रमा मात्र विनियोजन भएको र सरकारको गति सुस्त भएको भन्दै आलोचना गरेका थिए।

गाउँबाट फिर्ता भएपछि नेकपाका सांसदले सरकारको बजेट कार्यान्वयनको अवस्था, विकास आयोजनाको प्रगति र सरकारप्रति जनताको धारणाबारेको प्रतिवेदन अर्को बैठकमा पेश गर्नेछन्। प्रदेशसभाको बैठकमा सत्तापक्षकै सांसदले सरकारका कामकारवाहीप्रति असन्तुष्टी जनाउँदै आइरहेका छन्। सांसदहरु जनताका प्रतिनिधि भएकाले सरकारले गरेका कामकारवाहीको सार्वजनिक लेखापरीण गर्ने दायित्व भएकाले गाउँ जाने निर्णय भएको प्रमुख सचेतक शाहले बताए।

गाउँ पुगेर सांसदले मन्त्रालयगत कामको पनि मुल्याकंन र अनुगमन गर्ने बताइएको छ। सांसदका लागि आचारसंहिता लागु गरेको छ। आफ्ना सांसदलाई संसदमा अनुशासित र मर्यादित बनाउन नेकपा संसदीय दलले आचारसंहिता लागु गरेको हो। 

आचारसंहिता निर्माणका लागि नेकपा संसदीय दलले सांसद धर्मराज रेग्मीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। सोही समितिले बनाएको आचारसंहिता लागु भएको हो।  

आचारसंहिता अनुसार अब नेकपाका सांसदले अनिवार्य रुपमा संसदभित्र निर्धारण गरिएको पोशाक लगाउनुपर्नेछ। यस्तै संसद बैठकमा बोल्दा मर्यादित र शब्द संयोजनमा ध्यान दिनुपर्ने, आर्थिक अनुशासनमा रहनुपर्ने, सरकार र दलप्रति उत्तरदायी हुनुपर्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.