कलिला मुनाको भावना बुझौं

कलिला मुनाको भावना बुझौं

बिहान हतारिँदै स्कुल जाँदै थिएँ, बाटोको छेउमा झाडीमाथि एकजना महिला मस्तले सुतिरहेको देखें। बाटो हिँड्ने मान्छेहरू ‘यस्ता जड्याहा कति भेटिन्छन् कति भन्दै मतलब नगरी हिँडिरहेका थिए। त्यही बाटो अर्को दिन बेलुकीको पाँच बज्नै लाग्दा कार्यथलोबाट घरतिर फर्कंदै थिएँ। करिब १० वर्षका जस्ता देखिने एक बालक दुई बोतल मादक पदार्थ काखीमुनि च्यापेर मदिरा पसलबाट बाहिर निस्किए। मैले उनलाई केही सोध्नुअगाडि नै दौडिँदै सडक पार गरेर नजिकैको घरभित्र पसिहाले। कसका लागि उनले त्यसरी मदिरा किनेर लग्दै छन् भनेर सोध्न खोजेको प्रश्न मनमै दबाएर खुरुखुरु आफ्नो बाटो लागें। यसअघि पनि बालबालिकाले पसलबाट चुरोट, पान पराग किनेर लगेको धेरै देखेंकी थिएँ।

सहरका विभिन्न क्षेत्रमा बिहानै बाहिर जाँदा होस् या बेलुकी कामबाट घर फर्किंदा होस्, रक्सी पिएर बेहोस भई सडकको छेउछाउमा लडिरहेका महिला, पुरुष सामान्यजस्तै देखिन्छन्। स्कुलको छुट्टी भएपछि विद्यार्थीले स्कुलअगाडि नै कहिले रक्सी खाएर झगडा गरिरहेका त कहिले रक्सी खाएर लडिरहेका महिला–पुरुष बारम्बार देखिरहेका हुन्छन्। बेलाबेलामा प्रहरी आएर हस्तक्षेप गरेको पनि देखिने गरेको छ। आमाबुवाका लागि उनका सन्तान नै सबैथोक हुन्। तर कतिपय आमाबुवा छोराछोरीले खाएनखाएको, पढेनपढेको ख्यालै नगरी रक्सीको नसामा मस्त हुन्छन्। यति मात्र हैन, आफ्ना छोराछोरीसँग पसलबाट चुरोट, गुटका र रक्सीसम्म किनेर ल्याउन अह्राउँछन्।

सधैंजसो पसलबाट किनेर ल्याउँदा उनीहरूको उत्सुक मस्तिष्कले आमाबुवाले खाने यस्ता चिजहरूको स्वाद कस्तो हुँदो रहेछ भनेर जान्ने इच्छा गर्छ। उनीहरू लुकेर आफू पनि खान थाल्छन्। यसले विस्तारै उनीहरू कोकिन, क््र्याक, अफिम, मेरीजुना, हिरोइन, एम्फेट्यामिन्सजस्ता डरलाग्दा लागूपदार्थको कुलतमा फस्ने, यसैका लागि भनेर पैंसाको जोहो गर्न चोरी, डकैती गर्नेलगायत बलात्कारजस्ता जघन्य अपराध गर्न पुग्छन्। यसरी अम्मली बनेका कतिपय किशोर सहरका भित्री गल्ली, बसपार्क आदि स्थानमा स्कुलको पढाइ बीचैमा छोडेर चुरोट तान्दै धुवाँ उडाइरहेको अवस्थामा भेट हुँदा आफ्नो देशको भावी पुस्ताको अवस्था देखेर मन खिन्न हुन्छ।

कतिपय बालबालिकाले भने आफ्ना आमाबुवालाई यति धेरै रक्सी, चुरोट नखानुस् भनेर सम्झाउने पनि गर्छन्। तर प्रत्युत्तरमा मलाई धेरै टेन्सन छ तिमीलाई के थाहा चुप लागेर आफ्नो काम गर भन्ने जवाफ आमाबुवाबाट पाउँछन्। अझै अभिभावक ‘मैले भनेजस्तो गर्ने हो तिमीहरूले, मैले गरेजस्तो होइन’ भनेर छोराछोरीलाई हप्काउने गर्छन्। आफ्ना नानीबाबुहरूको आफूले राम्रो हेरचाह गरेको र उनीहरूले के गरिरहेका छन्, त्यसबारे चासो राखेको आभास गराउनुको सट्टा छोराछोरीले भनेका कुराप्रति कतिपय अभिभावक पटक्कै ध्यान दिँदैनन्।

छोराछोरीलाई पैसा दिएर लेज, कुरकुरे, बिस्कुटजस्ता पोषणरहित खाद्य पदार्थ किनिदिएर भुलाउने र दिनभरि मजदुरी गर्दै कमाएको पैसाले बेलुकी रक्सी खाएर मात्ने अभिभावकले नै सन्ततिको भविष्य बिगारिरहेका छन्।

उनीहरूको भावना बुझ्ने, उनीहरूसँग दोहोरो कुराकानी गर्ने प्रयास हुँदैन। उनीहरूलाई आवश्यक पर्ने कापी, कलम, लुगाफाटोको अभाव भइरहेको हुन्छ तर घरमा यसबारेमा जानकारी लिने कोही भेटिँदैन। यस्ता कारणले बालबालिकाले आफ्ना अभिभावकप्रति सम्मान गुमाउँदै जान्छन्। छोराछोरीलाई पैसा दिएर लेज, कुरकुरे, बिस्कुटजस्ता पोषणरहित खाद्य पदार्थ किनिदिएर भुलाउने र दिनभरि मजदुरी गर्दै कमाएको पैसाले बेलुकी रक्सी खाएर मात्ने अभिभावकले नै सन्ततिको भविष्य बिगारिरहेका छन्।

एक शोधअनुसार रक्सीको नसामा जस्तोसुकै कुरूप युवती पनि सुन्दर देखिन्छन् रे। रक्सी खाएको बेला यौन आकांक्षा पनि बढ्छ। सहरमा बाध्यताले एउटा कोठा भाडामा लिएर बस्ने धेरै परिवार छन्। यस्तोमा हुर्केका, बुझ्ने भइसकेका केटाकेटीको मस्तिष्कमा आमाबुवाले नसामा हुँदा गर्ने नराम्रो हर्कतले कस्तो असर पर्ला ? अर्को एक अध्ययनअनुसार किशोर अवस्थामा हुने यौन हिंसा बढ्दै गइरहेको देखाएको छ। यसको मुख्य कारण सामाजिक सञ्जाल भए पनि घरको वातावरणले पनि यसमा मलजल गरिरहेको हुन्छ। पर्याप्त माया, प्रेम नपाएका तर सधैंजसो रक्सीको कारणले घरमा झैझगडा भइरहँदा बालबालिका दुःखी हुन पुग्छन्। घरको यस्तो वातावरण देखेका कतिपय बालबालिका घर छोडेर हिँड्ने गरेका उदाहरण हाम्रो देशका सडक बालबालिका देख्दा प्रस्ट हुन्छ।

घरपरिवारबाट माया नपाएको र स्कुलका शिक्षकले पनि आफूलाई नबुझेको भन्दै केही दिनअघि ११ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेको ज्वलन्त उदाहरण छ। बालबालिका भनेका काँचो माटोजस्तै हुन्। उनीहरूलाई सक्षम तथा चेतनशील मानव बनाउन उनीहरूका प्रत्येक पाइलामा अभिभावकले साथ दिन जरुरी हुन्छ। आफ्ना सन्तान नैतिकवान् होऊन् संस्कारी होऊन् भन्ने चाहना राख्ने आमाबुवाले आफू पनि अनुशासनमा बस्न जरुरी हुन्छ। एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनट, हरएक वर्षमा एक महिना र ५० वर्षमा चार वर्ष आयु घटाउँछ भन्ने अभिभावकले आफ्ना सन्तानलाई बुझाउनु र आफू पनि बुझ्न जरुरी छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.