माछा मार्न गएका ९ जना प्रहरी नियन्त्रणमा

माछा मार्न गएका ९ जना प्रहरी नियन्त्रणमा

स्याङ्जा : खोलामा माछा मार्न गएका ९ जनालाई प्रहरीले नियन्त्रयणमा लिएको छ। चापाकोट नगरपालिका ५ स्थित ज्याग्दी खोलामा माछा मार्न गएका स्थानीयको समूहलाई प्रहरीले पक्राउ गरेको हो। 

उक्त समूहसँग माछा मार्न प्रयोग हुने बिष्फोटक पदार्थ भेटेपछि प्रहरीले पक्राउ गरेको हो।९ जनालाई नियन्त्रणमा लिई 'बिष्फोट पदार्थसम्बन्धी कसुर' मुद्धा चलाएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।

पक्राउ पर्नेमा चापाकोट नगरपालिका ३ निवासी सागर हमाल, प्रवेश हमाल, हेमलाल थापा, सुनिल कुवर, प्रदीप हमाल, खेम थापा, राजेन्द्र हमाल, दिपेन्द्र थापा र  खिमबहादुर मल्ल रहेको प्रहरीले जनाएको छ । 

माछा मार्ने क्रममा उनीहरुले सलाइको काँटीमा प्रयोग हुने बारुदजस्तो देखिने प्लाष्टिकको डोरीले बेरेर माछा मारेको देखेपछि प्रहरीले पक्राउ गरेको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.