सुन्दरीजलमा ‘बोलबम’ (फोटो फिचर)
काठमाडौं : आज साउन महिनाको दोस्रो सोमबार भगवान शिवका भक्तजनहरूले सुन्दरीजलमा पूजा गरेका छन्। साउन महिनाको हरेक सोमबार परिवारको उन्नतिको कामनासहित भगवान शिवको पूजा गर्ने प्रचलन छ।
‘बोलबम’ भक्तजनहरू पशुपतिनाथमा चढाउने जल लिन सुन्दरीजलसम्म जान्छन् । सुन्दरीजलबाट पशुपतिसम्म उनीहरु पैदल आउने गर्छन् । त्यहाँबाट ल्याएको 'पवित्र' जल पशुपति मन्दिरमा चढाउने गर्छन्।