देखिँदैनन् जेब्राक्रस

देखिँदैनन् जेब्राक्रस

काठमाडौं : चाबहिल चोकमा ट्राफिक प्रहरीले गाडीहरू यताउता पास गराउँदैछन्। चोकबाट गौशाला आउने सडकको कालोपत्रे उप्किएको छ। सडकमा यात्रुलाई बाटो काट्न बनाएका जेब्राक्रसको संकेत देखिँदैन। यात्रुहरू पहिले जेब्राक्रस भएको ठाउँ अनुमान लगाउँदै बाटो काटिरहेको देखिन्छ। सडकमा गुडिरहेका गाडीको रफ्तार तेज छ। सवारीचालक भरसक यात्रुभन्दा अघि पार गर्न पाए हुन्थ्यो भने झैं गाडी कुदाइरहेका छन्।

चोकबाट सुकेधारा जाने बाटोको पनि उस्तै अवस्था छ। एकापट्टिको छेउमा जेब्राक्रसको एउटा धर्को देखिन्छ। त्यसपछि न बीचमा न त अर्कोपट्टि छेउमा त्यसको कुनै चिह्न छ। गाडीको रफ्तार उही छ। यात्रुले त्रासमा बाटो काटिरहेको देखिन्छ। चाबहिल चोकको यो दृष्य एउटा उदाहरण मात्र हो। उपत्यका धेरै सडक घुम्दा यस्तै दृष्य देखिन्छ। जहाँ यात्रुलाई जेब्राक्रसको चिह्न मेटिएर समस्या भएको देखिन्छ।

सामान्यतया हिँड्ने यात्रुलाई बाटो काट्न सडकमा जेब्राक्रस बनाइएको हुन्छ। तर यस्ता जेब्राक्रस धेरै ठाउँमा मेटिइसकेका छन्। अहिले राजधानीका कलंकी, स्वयम्भू, गोंगबु, सामाखुसीलगायत चोकमा जेब्राक्रस देखिँदैनन्। जेब्राक्रस मेटिएपछि यात्रुलाई सडक वारपार गर्न जोखिमपूर्ण बन्दै गएको छ।

बाटो काट्ने ठाउँको संकेत निरन्तर देखिने बनाइराख्ने काम सडक विभागको हो। तर अहिले विभागले जेब्राकसका संकेत निर्माण गरिरहेको देखिएन। विभागका प्रवक्ता शिवहरि सापकोटाले अहिले वर्षा र धुलोका कारणले सडकमा संकेत निर्माण कार्य रोकिएको बताए। ‘यो हाम्रो निरन्तरको काम हो,’ उनले भने, ‘तर धेरै ठाउँमा सडकको अवस्था राम्रो छैन। अहिले वर्षाका कारण पनि रोकिएको छ।’ अहिले बनाउने बित्तिकै मेट्निे अवस्था भएकाले काम रोकिएको उनले जानकारी दिए। ‘यस कामका लागि हामीले ठेक्का लगाइसकेका छौँ,’ उनले भने, ‘धुलो र हिलो केही कम भएपछि काम सुरु गर्छौं।’

बाटो काट्ने ठाउँको संकेत निरन्तर देखिने बनाइराख्ने काम सडक विभागको हो। तर अहिले विभागले जेब्राकसका संकेत निर्माण गरिरहेको छैन।

पहिले जेब्राक्रस भएका ठाउँमा सवारीले गति कम नगर्दा यात्रुलाई जोखिम बढेको देखिन्छ। सवारीचालकले जेब्राक्रस देखेपछि सवारीको गति कम गर्नुपर्ने हो तर प्रायःले त्यसो गर्दैनन्। बरु उनीहरू यात्रुलाई उछिनेर अघि जाने प्रयत्न गर्दै सवारीको गति बढाउँछन्। सवारीचालकले जेब्राक्रसमा गति नघटाउँदा यात्रु जोखिममा परेका हुन्। ट्राफिक प्रहरी महाशाखाका अनुसार यस आर्थिक वर्षमा सडक दुर्घटनाबाट मृत्यु हुने पैदल यात्रुको संख्या ९३ जना छ। तीव्र गति पनि यी दुर्घटनाका एउटा प्रमुख कारण देखिएको छ।

त्यति मात्र नभएर यात्रुवाहक सवारीले जेब्राक्रसमा सवारी रोक्ने गरेका छन्। त्यसको एउटै उदाहरण गौशालाबाट आउँदा भेटिने तीनकुनेको बस स्टप हो। बस रोक्ने ठाउँ अलिक वर छ। तर अधिकांश सवारीले जेब्राक्रस भएको ठाउँमा पुर्‍याएर मात्र रोक्ने गरेका छन्। यस्तो अवस्थामा पनि सवारीलाई कुनै कारवाही भएको देखिँदैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार जेब्राक्रसमाथि रोक्ने अथवा तीव्र गतिमा कुदाउनेका लागि छुट्टै कनुन नभएको बताए। तर ट्राफिक नियमअनुसार त्यस्ता सवारीलाई कारवाही गरिने उनले जानकारी दिए। ‘हामीले जेब्राक्रसमाथि नै रोक्ने अथवा तीव्र कुदाउने सवारीलाई कारवाही गरिरहेका छौँ,’ उनले भने, ‘ट्राफिक नभएको ठाउँमा त्यस्तो समस्या भएको हुन सक्छ। हामी त्यस्तो ठाउँमा पनि सीसी क्यामेराको प्रयोगबाट कारवाही गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.