विप्लवको युवा संगठनका कोषाध्यक्ष पक्राउ
रुकुम पश्चिम : विप्लव निकट नेकपाको युवा दस्ता युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला कोषाध्यक्ष कुवेर वली पक्राउ परेका छन् । आठविसकोट नगरपालिका–९ घर भएका वलीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार वडा नम्बर ११ चौरबाट पक्राउ गरेको हो ।
डोल्पाका व्यापारीबाट चन्दा असुली गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
पक्राउ परेका वलीमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । यसैबीच, युवा संगठन नेपाल, रुकुमपश्चिमले पक्राउ परेका वलीलाई निशर्त रिहाई गर्न माग गरेको छ । युवा संगठनले विज्ञप्ती जारी गरी पक्राउ परेका आफ्ना कोषाध्यक्ष वलीलाई रिहाइ गर्न माग गरेको हो ।