पटेर्वाका बाढीपीडितको बिचल्ली

पटेर्वाका बाढीपीडितको बिचल्ली

सिरहा : असार २८ गते कमला नदीको बाढीले सिरहा नगरपालिका १७ पटेर्वा गाउँका हेमु मुखिया, विन्देश्वर मुखिया, नागेश्वर यादव, राजेन्द्र मुखियालगायतको घर बगायो । उनीहज्ञको पूरै परिवार विस्थापित भएको छ । हेमु परिवारका ९ सदस्य लिएर १७ दिनदेखि गाउँकै सुफल यादवको घरमा आ श्रय लिएका छन् । नागेश्वरको परिवार पनि गाउँकै काशिन्द्र यादवको घरमा बसेका छन् ।

बाढीले सयौं घरपरिवार प्रभावित भएका छन् । तर, अहिलेसम्म गाउँका केही बाढीपीडितले राहतका नाममा २ किलो चामल, चिउरा, तेल र एउटा त्रिपाल मात्रै पाएका छन् । पूर्ण रुपमा घर बगाएका बाढीपीडितलाई गाँस र बासको चिन्ताले सताएको छ ।

‘बाढीले ठूलो पीडा दियो, खान बस्ने अप्ठ्यारो परेको छ,’ हेमुले भने, ‘गर्भवती बुहारीसहित ९ जनाको परिवार अरुको घरमा आ श्रय लिएका छौं । बाढीको त्रासले आफ्नै घर फेरि बनाउन साहस जुटेको छैन ।’ बाढीले घर बगाएको ३ दिनपछि राहतका नाममा २ किलो चामल, चिउरा, चाउचाउ पाएको उनले सुनाए । उनका अनुसार त्यति राहतले एक छाक टार्न पनि धौधौ परेको थियो । गाउँमै आ श्रय लिएका घरमा तत्काल दिनरात बिताउने गरेको उनले बताए ।

१७ दिन बित्दा पनि राहत नपाएको सोही गाउँका लीलादेवी मुखियाले दुःखेसो पोखिन् । ‘घरमा भएको खाद्यान्न सबै पानीले सखाप भयो । खाने बस्ने अवस्था छैन’, उनले भनिन्, ‘गाउँमा आ श्रय लिएका छौं । राहत कहिले पाउने ठेगान छैन ।’ नेताहरु आएर ठूलठूला कुरा मात्रै सुनाएर जाने गरेको उनले सुनाइन् । स्थानीय जनप्रनिधि पनि राहतमा चासो नदेखाउने गरेको उनले गुनासो गरिन् । खाने, बस्ने र जिउ ढाक्ने लुगाकपडाको समेत समस्या भएको उनले बताइन् ।

कर्जा लिएर जग्गा खरिद गरी केही वर्षपहिलो बनाएको घर पनि बाढीले बगाएको नागेश्वर यादवले बताए । ‘छोराछोरी, श्रीमतीसहित अरुको घरमा आ श्रय लिएका छौं,’ उनले भने, ‘अहिले बाढीले तहसनहस गरेपछि कतै काम गर्न पनि पाएका छैनौं ।’ नेताहरुले राहतका नाममा राजनीति गर्न थालेपछि वास्तविक पीडित राहतबाट बञ्चित हुनुपरेको उनले सुनाए । गाउँमा राहत आउँदा मारामार हुने गरेको उनले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावितका तथ्यांक माग्दा सुरुमा वडाध्यक्ष महेन्द्र यादवले २५० घरपरिवार प्रभावित भएको विवरण दिएका थिए । पछि ४ सयभन्दा बढी घरपरिवार प्रभावित भएको तथ्यांक पेसगर्दा यो वडामा राहत वितरणमा समस्या देखिएको छ । वडाध्यक्ष यादवका अनुसार नयाँ तरिकाले तथ्यांक संकलन सुरु भएको छ । वास्तविक पीडितको तथ्यांक नआउँदा वडामा राहत परिचयपत्र जारी गरिएको छैन ।

वास्तविक तथ्यांक नआउँदा राहत वितरण गर्न नसकेको मेयर अशेश्वर यादवले बताए । वडाध्यक्षलाई पुनः तथ्यांक संकलन गर्न निर्देशन दिएको उनले सुनाए । ‘अरू वडामा राहत वितरण गर्दैछौं,’ उनले भने, ‘त्यहाँ तथ्यांकमै गडबड भएपछि राहत वितरणमा ढिलाइ भएको छ । यसलाई हामी सच्याउँदै छौं ।’ राहतमा नगरपालिकाबाट प्रतिपरिवार ७ किलो चामल, २ किलो चिउरा, दाल र तेल वितरण गर्दै आएको उनले बताए ।

प्रदेश र वल्र्ड फुड्स प्रोग्रामबाट राहत जिल्ला विपद् व्यवस्थापन समितिमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । तथ्यांक आइसकेका स्थानीय तहमा राहत पठाउने कार्य भइरहेको उनले जनाए । ‘तथ्यांक आइसकेका ठाउँमा स्थानीय तहमार्फत राहत वितरण कार्य जारी छ’, उनले भने, ‘केही ठाउँको अझैसम्म तथ्यांक आएको छैन । जसको लागि पहल थालिएको छ ।’ कर्जन्हा नगरपालिका र नवराजपुर गाउँपालिकाबाट तथ्यांक नआएको उनले बताए ।

दुई चरणमा सिरहामा राहत वितरण कार्य भइरहेको प्रजिअ अधिकारीले बताए । उनका अनुसार पहिलो चरणमा खाद्यान्न सामग्री वितरण र दोस्रो चरणमा पूर्ण रुपमा घर क्षति भएको पुनस्र्थापना गर्ने कार्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.