८९ केजी गाँजासहित ४ भारतीय पक्राउ

८९ केजी गाँजासहित ४ भारतीय पक्राउ

वीरगन्ज : नेपालबाट भारतमा गाँजा लैजाँदै  गरेको अवस्थामा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरीबाट प्रहरीले ८९ केजी गाँजा र भारतीय नम्बर प्लेटको बोलेरो गाडीसहित चार जना भारतीयलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बिहारको मोतिहारी जिल्लाको बिशुनपुर–३ घर भएका ३१ वर्षीय नुर महमद हुसेन, मोतिहारीकै  फुलवरिया–११ का ३२ वर्षीय असलम आलम साईन, फुलवरियाकै २८ वर्षीय ईर्शाद साइन र मोतिहारी सितलपटीका ३० वर्षीय सुनिल साह रहेका छन् ।
 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मङगलबार बिहान बहुअरी स्थित सडकमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा बीआर २८ जी २७७० नम्बरको बोलेरो गाडीको तल फल्स बटम बनाई लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।  ५० वटा पोकामा रहेको ८९ केजी गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

मकवानपुरको मनहरीबाट गाँजा खरिद गरी वीरगन्ज हुँदै भारत लैजान लागेको अवस्थामा  पक्राउ गरिएको प्रहरीको भनाई छ ।  पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.