इलेक्ट्रोनिक चुरोट कति हानिकारक ?

इलेक्ट्रोनिक चुरोट कति हानिकारक ?

काठमाडौं: पछिल्लो समय धुम्रपान गर्नेहरुबीच इ-चुरोटको क्रेज बढ्दै गएको छ।धुम्रपानको तलबाट छुटकरा पाउनका लागि पनि इ- चुरोटको प्रयोग गरेको पाइन्छ। तर चुरोटका पारखीहरुलाई लाग्न सक्छ अरु चुरोटभन्दा इ-चुरोटले कम मात्रामा स्वास्थ्यलाई हानी गर्छ।तर यो कुरा झुठो भएको एक रिपोर्टले देखाएको छ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) एक रिपोर्टअनुसार इ-चुरोटमा पनि अरु चुरोटमा हुने विषाक्त रसायनजत्तिकै रसायन हुनेगर्छ।यसले फोक्सोका जीवाणुलाई नष्ट गर्छ। डब्लुएचओले जारी गरेको रिपोर्टअनुसार इ-चुरोटले कम हानी गर्छ भन्ने कुरामा कुनै सत्यता छैन।जब चुरोट पिउँदा निकोटिनको प्रयोग गरिएन भने मात्र स्वास्थ्यलाई फाइदा हुन्छ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनले यसै वर्ष इलेक्ट्रोनिक चुरोट बिक्री नियन्त्रणका लागि कयौं उपायको घोषणा गरेको छ। उद्योगीहरुका अनुसार परम्परागत चुरोटभन्दा इलेक्ट्रोनिक चुरोट स्वास्थ्यलाई कम हानी हुने र चुरोट पिउने तलबाट छुट्करा मिल्नमा सहयोग गर्छ। यही तथ्यलाई सही ठानेर पछिल्लो समय अमेरिकी युवायुवतीमाझ इ-चुरोट लोकप्रिय हुँदै गएको छ।

डब्लूएचओ तम्बाकू नियन्त्रण अधिकारी विनायक प्रसादले परम्परागत चुरोट र इ-चुरोट पिउँदा स्वास्थ्यलाई उस्तै हानी हुने बताएका छन्।

इ-चुरोटबाट हुने हानी

- इ-चुरोट पिउनेहरुमा हृदयघातको संभावना ५६ प्रतिशत बढी रहन्छ।

- लामो समयसम्म इ-सिगरेट पिउनेहरुमा रगतसम्बन्धित समस्या देखिन्छ।

- इ-चुरोट टमा निकोटिनको मात्रा बढी हुने भएकाले अरु चुरोटमा हुने हानिकारक तत्व जत्तिकै यसले स्वास्थ्यमा असर गर्छ।

- चुरोटमा निकोटिनको मात्रा बढी हुँदा यसले ब्लड प्रेसरमा गडबढ गर्छ।

एजेन्सीको सहयोगमा।
 



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.