स्कुल विभागबारे मिडियाले भ्रम फैलायो : झलनाथ खनाल
झापा : पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको स्कुल विभागमा आफू पनि आकांक्षी रहेको बताएका छन्। गृह जिल्ला इलाम जाने क्रममा झापाको बिर्तामोडमा पत्रकार सम्मेलनमा बोल्दै खनालले स्कुल विभागका लागि आफू पनि तयार रहेको बताए।
खनालले पार्टीको स्कुल विभागका बारेमा मिडियाले विवाद झिकेको आरोप लगाए।स्कुल विभागको सन्दर्भमा पार्टीमा कुनै विवाद नरहेको बताए।'मिडियाले स्कुल विभाग विवादित भएको भन्दै प्रचार गरे,' खनालले भने।
उनले स्कुल विभागका लागि झलनाथ खनाल, ईश्वर पोखरेल, नारायण काजी श्रेष्ठ समेत योग्य रहेको बताए। स्कुल विभागका बारेमा मिडियामा फैलिएको भ्रममा नपर्न खनालले आग्रह गरेका छन्।