वडा कार्यालयमा पेट्रोल बम प्रहार गरी आगजनी
नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवास्थित वडा कार्यालयमा बम विष्फोट गरिएको छ । बम विष्फोटपछि आगजनी हुँदा वडा कार्यालय ध्वस्त भएको छ भने सामानहरु जलेर नष्ट भएका छन्।
ककनी गाउँपालिका वडा नं. १ को कागतीगाउँस्थित वडा कार्यालयमा मंगलबार राति पौने १२ बजे बम विष्फोट र आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पेट्रोल बम प्रहार गर्दा भएको विस्फोट र आगजनीबाट कागजपत्र, २ थान कम्प्यूटर, फर्निचर लगायतका सामाग्री ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
स्थानीयबासी तथा सुरक्षाकर्मीको सहयोगमाराति साँढे १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । घटना घटाइ फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आगजनीबाट १५ लाख भन्दावढीको क्षति पुगेको वडाध्यक्ष चन्द्रबहादुर वलामीले जानकारी दिए । आगजनीको विप्लव नेतृत्वको समूहले गरेको आशंका गरिएको छ ।