रमाइलो साल्सा

रमाइलो साल्सा

काठमाडौं : प्रन्ध वर्ष अगाडिको कुरा हो। योगेशराज श्रेष्ठ ल्याटिन डान्स सिक्न आतुर थिए। नाचगान गर्न निकै रमाइलो मान्ने उनलाई नेपाली लोकसंगीतको मात्र ज्ञान थियो । उनी साल्सा डान्स सिक्न चाहन्थे। यो डान्स केटा र केटी दुई जना मिलेर नाच्छन्। यस नृत्यमा केटाले लिड गर्छ र केटीले फलो गर्छन्। 

नेपालमा साल्सा डान्स सम्बन्धी भएको एक वर्कसपमा दार्जिलिङबाट प्रशिक्षक आएका थिए। त्यतिबेला बल्ल योगेसलाई  नेपालमा पनि साल्सा भित्रिएको कुरा थाहा भयो । २०११ मा नेपालमा अन्तर्राष्ट्रिय साल्सा मोहत्सव हुँदा विश्वमा यसको मार्केट राम्रो रहेको कुरा योगेशले थाहा पाए।

सानैदेखि नाच्ने बानी परिसकेका योगेशले डान्स गर्नु बाहेक अन्य विकल्प रोजेका थिएनन्। उनी यही साल्सा डान्समा नै अभ्यस्त हुन थाले। साल्सा ल्याटिन अमेरिकन कल्चर हो। योगेश भन्छन्, ‘यो डान्स सिक्दा आफ्नो कल्चर छोडेर अरुको कल्चर अपनाएको जस्तो लाग्छ।’

युवा युवतीले एक अर्काको हात समातेर एक अर्कामा मग्न हुँदै यो डान्स गर्छन्। टिभीमा बारम्बार यस्तो किसिमको डान्स देखेका योगेशलाई समयसंगै यो नृत्यप्रति लगाभ बढ्यो। भन्छन्, ‘मैले रहरै रहरमा यो डान्स सिकेँ।’ आजको युगमा मानिस आफ्नो पर्स्नालिटी बनाउन पनि साल्सा सिक्ने गरेको योगेश बताउँछन्। ‘यो डान्सले मानिसलाई सामाजिक बनाउन मद्दत गर्छ,’ उनी भन्छन्।

यहि डान्सको माध्यमबाट योगेशलाई मानिसहरुसँग घुलमिल गर्न सहज भएको थियो। नयाँ कल्चरको बारेमा थाहा पाउने अवसर पाएका थिए। अन्य डान्सहरु गर्दै आए पनि व्यवसायिक रुपमा उनले साल्सालाई अगाडि बढाए। डान्स सिक्दै जाँदा २००९ देखि उनले आफैँ सिकाउन थाले। पछि २०१७ मा आफ्नै ‘फोर्ट साल्सा डान्स स्टुडियो’बाट ट्रेनिङ दिन थालेको उनी बताउँछन्।

संसारमा चलेको साल्सा एलए स्टाइल हो। यसमा साल्सा अन वान र साल्सा अन टु छ। तर संसार भरमा साल्सा अन वान नै बढी प्रचलनमा छ। 

नेपालमा व्यवसायिक रुपमा जम्मा तीन ओटा स्कूलले मात्र साल्सा सिकाउँछ। प्रन्ध्र सोह्र वर्ष अगाडिदेखि नेपालमा सुरुवात भएको यो डान्स गर्नेहरु निकै कम छन्। यति लामो समयसम्म पनि यसले ठूलो कम्युनिटी बनाउन सकेको छैन। योगेश भन्छन्, ‘नेपालको कन्जरभेटिभ समाजमा केटा र केटी हात समातेर नाच्नु त्यति सहज ठानिँदैन।’ यहि कारणले साल्सा हरकोहीले सजिलै सिक्न चाहँदैनन्। 

अहिले काठमाडौंका आत्मनिर्भर युवाहरुले यो डान्स सिक्न इच्छा गरेको उनी बताउँछन्। साल्सा सिक्न पार्टनर चाहिने सोचले गर्दा पनि यो व्यक्तिले आफ्नो इच्छा अनुसार सिक्न गाह्रो छ। तर योगेश भन्छन्, ‘सिक्ने इच्छा छ भने पार्टनर मिलाएर पनि स्कूलहरुले सिकाइदिन्छन्।’ जोडीको समस्या नहोस् भनेर अहिले स्कूलहरुले पार्टनर नो निड भनेर सिकाउन थालेको छ।

नयाँ कल्चरसंग जोडिन सिकाउने यो डान्सले अनुशासन पनि सिकाउँछ। मान्छेको लाइफ स्टाइल र स्ट्याण्डर मेन्टेन गर्न सिकाउँछ। समयसंगै अगाडि बढ्न साल्सा डान्सले सिकाउने योगेश बताउँछन्। भन्छन्, 'यसले स्वस्थ राख्ने काम पनि गर्छ।
साल्सा डान्सको म्युजिकमा ट्युन र गीत हुन्छ। स्प्यानिस र ल्याटिन गीतहरु हुन्छन्। हामीले दैनिक सुन्ने गीतलाई नै साल्साको ट्युनमा ढालेर सिक्न सकिन्छ।
साल्सा डान्स कोर्स अनुसार एक सय पचास घण्टाको हुन्छ। यो अन्तराष्ट्रिय मापदण्ड कै आधारमा तयार पारिएको सेलेबस हो। यो पुरै समय राम्रोसंग सिकियो भने राम्रो साल्सा ट्रेनर पनि बन्न सकिन्छ। नेपालमा चारपाँच सयले साल्सा सिकिरहेको योगेस बताउँछन् । योगेशको स्कूलमा मात्र साल्सा सिक्ने सय जना छन्। जसमा ५० नेपाली छन्।

साल्सा ल्याटिन अमेरिकन डान्सको एक प्रकार हो। यसमा बचाता, किजुम्बा, मिरिङ्गे, चाचा, रोएदा, जुक, ट्याङ्गो लगायतको डान्स पर्छ। इन्डिया, मलेसिया, थाइल्याण्ड, ब्याङ्ककसम्म गएर साल्सा सिकाइ सकेका योगेश भन्छन्, ‘नेपालीका लागि यो अलग कल्चरबाट आएको डान्स भएकोले गाह्रो हुन सक्छ तर गर्दै जाँदा निकै रमाइलो हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.