चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु

कालिकोट : पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्ड अन्तरगत पर्ने कालेखोलामा गत शनिबार राति अबिरल वर्षाका कारण अवरुद्ध भएको राजमार्ग बुधबारदेखि सुचारु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले लगातार चार दिन डोजर र प्रहरीले रातदिन काम गरेपछि पहिरो पन्छाएर राजमार्ग सुचारु भएको जानकारी दिए। पहिरो पन्छाएर ट्याक खोलेपछि सवारी साधनलाई छोडिएको उनले बताए। 

कर्णाली राजमार्गको कालेखोलामा पहिरो गएर यातायात सेवा अवरुद्ध भएपछि एक गाडीले अर्को गाडीलाई यात्रु मेल गरेर यातायात संचालन गरिएको थियो। कालेखोलामा माथिबाट आएको गाडीमा आएका यात्रुहरुलाई करिब १५ मिनेट पैदल हिडेपछि सुर्खेतबाट आएको गाडीमा यात्रुहरु मेल गरी सुर्खेत लैजाने र सुर्खेततिरबाट आएको गाडीका यात्रुहरुलाई कालिकोटबाट आएको गाडीमा कालिकोट, जुम्लातिर पठाइएको थियो। वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्याले सवारी साधन तथा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.