सेलपे सेवा सार्वजनिक: यस्ता छन् विशेषता
![सेलपे सेवा सार्वजनिक: यस्ता छन् विशेषता](https://annapurnapost.prixacdn.net/media/albums/_MG_2746_20190731115545_rAjHRezjaD.jpg)
काठमाडौं : सेलपे सेवा संचालनमा आएको छ। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको हो। सेलपे सेवा मोबाइल तथा वेव एप्लीकेशनको माध्यमबाट विनाकुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ।
यो सेवाबाट विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी गर्न सकिनेछ।साथै पसल, रेष्टुरेण्ट, सिनेमा हलमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफरलगायत सेवा उक्त सेवाबाट लिने सकिनेछ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिनेछ। कुनै वालेटविना नै विभिन्न भुक्तानी गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता रहेको कम्पनीको दावी छ।
सेलपे वालेट होइन
सेलपे वालेट सेवा होइन। सेलपे सेवामा ग्राहकले वालेट बनाउनुपर्ने, वालेटमा रकम स्थानान्तरण गर्नुपर्ने जस्ता झंझटिला प्रक्रिया अपनाउनु पर्दैन। सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो। यसमा ग्राहकले आफ्नो एकभन्दा बढी बैंक खाता जोड्न सक्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)