वर्षात नहुँदा पनि डुबानमा दशगजाको यो गाउँ

वर्षात नहुँदा पनि डुबानमा दशगजाको यो गाउँ

वीरगन्ज : असार दोस्रो साता आएको बाढीबाट डुबानमा परेको भारतीय सीमासँगै जोडिएको धोबीया टोला गाउँको जनजीवन अझै सहज बन्न सकेको छैन्। पर्साको पाकाहामैनपुर गाउँपालिका—४ मा पर्ने धोबीया टोला गाउँ दशगजामै अवस्थित छ। उक्त गाउँमा एक सय पाँच घरधुरीको बसोबास छ।

वर्षाको पानीको निकास सीमामा रहेका दुई वटा भारतीय नहरको अग्ला बाँध र रेल्वे लिकले थुनिएका कारण धोबीया टोला गाउँ पछिल्लो पटक वर्षा नभएको डेढ हप्ता बितिसक्दा पनि डुबानमै छ। झकरा मसिहानीमा रहेको गंगोल नदिबाट गाउँमा पसेको बाढीको पानी निकास भारतीय नहरको अग्ला बाँध र रेल्वे लिकले थुनिएको छ। निकास नहुँदा गाउँ अहिले पनि डुबानमै रहेको स्थानीयले गुनासो गरेका छन्।

निकास थुनिएर चारैतिरबाट डुबानमा परेको गाउँको भित्री भागमा पानीको सतह केहि घटे पनि जनजीवन अझै सहज बन्न नसकेको स्थानीय शीशंकर शर्मा बताउँछन्। ‘पानी नपरेको एक साता बढी भइसक्यो तर गाउँ अझै डुबानमै छ। पानी घटेको ठाउँमा सडक हिलाम्ये भएर पैदल हिड्नसक्ने अवस्था पनि छैन’ शर्माले भने, ‘धान खेत पोखरी बनेका छन्, पहिले रोपेको धान सबै गलिसक्यो। अब दोहोर्‍याएर रोपाई पनि गर्न पाएका छैनौ।’

घरखर्चका सरसामान किनमेल गर्न सीमावर्ती भारतीय बजार सिक्टा, कंगली र भेलाइ जानुपर्दा अहिले पनि घुडाँसम्मै आउने पानी तरेर जानुपर्ने बाध्यता रहेको अर्का स्थानीय हनिफ मियाले बताए। असार अन्तिम साताको अविरल वर्षाले गाउँनै डुबानमा पर पनि हालसम्म कतैबाट राहत नभएको पीडितहरुको गुनासो छ।

‘डुबान परेका कतिपयको फुसको घर नै लडेको छ’ मियाले भने, ‘प्राय सबैको घरमा चार दिनसम्म पानी जमेर बस्यो। घर भित्रका सबै सरसामान भिजेर काम नलाग्ने भएका छन्। तर, अहिले सम्म कहि कतैबाट राहत पाएका छैनौं।’ धोबीया टोला गाउँ झण्डै पाँच दशकदेखि डुबानमा पर्दै आएको छ। दशगजासँगै भारतीय भूमीमा अग्लो बाँधसहितको घोडासाहन नहर छ।

त्यो नहरसंगै टासिएको रेल्वे लिक र लिकसँगै टाँसिएको अर्को फेरि अग्लो बाँधसहितको त्रिवेणी नहर छ। दशगजासँगै टाँसिएर बनाइएका नहरका अग्ला बाँध र रेल्वे लिक बनाएकै बेलादेखि धोबीया टोलाको वस्ती डुबानमा पर्दै आएको स्थानीय बृद्ध शर्मा बताउँछन्। शर्मा भन्छन्, ‘घोडासहन क्यानल नहर र त्यसको बाँध भारत सरकारले सन् १९७५ तिर बनाएको हो। पहिले गाउँसँगै जोडिएको दशगजा पारी रेल्वे लिक र त्योसँगै टाँसिएर रहेको त्रिवेणी नहर मात्र थियो।’

तर पछि, घोडासहन क्यानल नहर र त्यसको अग्लो बाँध बनाइएपछि हरेक वर्षामा धोबीया टोला डुबानमा पर्दै आएको शर्मा बताउँछन्। ‘घोडासहन नहर नबन्दाताका वर्षामा भारत तिर बाढी आउदा हामी रेल्वे लिकमा गएर त्यताको बाढी हेर्न जान्थौं’ शर्मा भन्छन्, ‘यता नेपालतिर डुबान हुदैनथ्यो। तर जब घोडासहन नहर र बाँध भारतले बनायो त्यसपछि हामी आफै डुबानमा पर्न थाल्यौ। ’

भारत सरकारले नेपाली गाउँलाइ डुबानमा पार्ने गरी अर्को नहर बनाएर नेपाली जनतासँग ठूलो धोका गरेको शीवशंकर शर्मा बताउँछन्। ‘हामीसँग ठूलो धोका भयो। त्यतिबेला भारतले आफ्ना किसानका लागि सिंचाइको बाहनामा अर्को थप नहर र बाँध बनायो तर त्यसले हामीलाई वर्सेनि सास्ती दिइरहेको छ।’ सन् १९७५ तिर घोडासहन नहर र बाँध बनाउने बेला नेपाली गाउँका जनताले विरोध पनि गरे। तर भारतीयहरुले प्रतिकार गरेपछि आफूहरु निरिह बनेको स्थानीयले गुनासो पाखे।

दुई देशबीचको सीमाको विषय भएकाले स्थानीय तहबाट डुबानको दीर्घकालिन सामधानका लागि आफूहरुले केहि गर्न नसकेको यादव बताउँछन्। अहिलेको वर्षामा डुबानमा परेको धोबीया टोलाको स्थलगत अवलोकनका लागि पुगेका सामाजिक अभियन्ता प्रकाश थारु नेपालतर्फको पानीको निकास खुलाउन नसक्ने हो भने त्यहाको बस्ती नै अन्यत्र सार्नुको विकल्प नरहेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.