हिन्दी परिषद्‍मा ७४ वर्षपछि नेपाली साहित्यकार

हिन्दी परिषद्‍मा ७४ वर्षपछि नेपाली साहित्यकार

कलकत्ता : वंगीय हिन्दी परिषद्ले स्थापनाको ७४ वर्षपछि पहिलोपटक तीन नेपाली साहित्यकारलाई अतिथि बनाउने मौका मिलेको भन्दै अध्यक्ष गिरीधर रायले खुसी व्यक्त गरेका छन्।  परिषद्को इतिहासमा हरिवंश राय वचन र महादेवी बर्माजस्ता प्रतिष्ठित व्यक्तित्वसमेत अतिथि बनेको स्मरण गर्दै नेपाली साहित्यकारलाई अतिथि बनाउन पाउनु अवसर भएको उनले बताएका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभाग प्रमुख प्राध्यापक डा. हेमनाथ पौडेल, प्रतिष्ठानको बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपाल र साहित्यकार गोपीकृष्ण ढुंगानालाई परिषद्ले आतिथ्यताको निम्तो दिएको थियो।  परिषद्का तर्फबाट डा. सत्यप्रकाश तिवारी र कलकत्तास्थित प्रवासी नेपाली संघका अध्यक्ष नारायणप्रसाद होमागाईंले उक्त विशेष साहित्यिक गोष्ठीको संयोजन गरेका थिए।

कलकत्तास्थित कलेज स्ट्रिट कफी हाउसमा मंगलबार आयोजना गरिएको गोष्ठीमा अध्यक्ष रायले भने, ‘परिषद्को गरिमामय इतिहासमा पहिलोपटक तीन नेपाली साहित्यकारलाई पाउँदा अर्को इतिहास बनेको छ।’ प्राज्ञ पौडेलले नेपाल र भारतबीच लामो समयदेखि भाषा र संस्कृतिमा सम्बन्ध र सहकार्य भइरहेको बताए। उनले भने, ‘साहित्यिक अनुवाद र आदानप्रदान बढाउन आवश्यक छ।’

कार्यक्रममा नेपालीभाषी नारायणप्रसाद होमागाईं, हेमनाथ पौडेल, देवी नेपाल, गोपीकृष्ण ढुंगाना, नीमा निष्कर्ष, संजीव गुरुङ, आशा उपाध्याय र टीजी भित्रिकोटीले रचना वाचन गरे। यसैगरी, हिन्दीभाषी गिरीधर राय, डा. सत्यप्रकाश तिवारी, सुषमा राय पटेल, रमाकान्त सिंहा, रणविजय श्रीवास्तव, जीवन सिंह, योगेन्द्र शुक्ल, डा. वीरेन्द्र मधा, चक्रधर प्रधान, शकिल गोण्डवी, कालीप्रसाद जयसवाल, चन्द्रिकाप्रसाद पाण्डेय र विश्वजीत  शर्माले सिर्जना सुनाए।

यसैबीच, २०६औं भानुजयन्तीका अवसरमा नेपाली जनकल्याण समिति कलकत्ताले आयोजना गरेको कार्यक्रममा डा. पौडेलले भानुभक्त र उनको लेखनीबारेको कार्यपत्र प्रस्तुत गरेका थिए भने डा. नेपालले कविता लेखनबारे प्रशिक्षण दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.