क्यानभासमा नेपाल-बंगलादेश बन्धुत्व

क्यानभासमा नेपाल-बंगलादेश बन्धुत्व

काठमाडौं : चरुर मित्र आर्टिस्ट ग्रुप ढाकाले नेपाल र बंगलादेशका कलाकारले बनाएका चित्रकलाको प्रदर्शनी गरिरहेको छ। नेपाल आर्ट काउन्सिलमा मंगलबार प्रदर्शनीको उत्घाटन नेपालका लागि बंगलादेशकी राजदूत मस्फी बिन्ते साम्सले गरेकी थिइन्।

प्रदर्शनीमा बंगलदेशका कलाकारले प्रकृति, एब्सट्र्याक्ट, विम्बात्मक तथा यथार्थवादी चित्र बनाएका छन् भने नेपाली कलाकारले मूर्ति, इस्टलेसन आर्ट, स्तुपा र मिथिला आर्टलाई प्राथमिकता दिएका छन्।

चित्रकार तथा कला समीक्षक रमेश खनालले नेपाल र बंगलादेशका चित्र समान भएको बताए। नेपाल र बंगलादेशको भौगलिक, आर्थिक र सामाजिक परिवेश मेलखाने भएकाले चित्रमा समानता देखिएको उनी बताउँछन्।

प्रदर्शनी हेर्न आएकी कलाकार प्रति शर्मा प्रदर्शनीमा राखिएको मिथिला आर्टले आकर्षित गरेको बताइन्। 'मिथिला आर्टमा कथा छ। देवीदेवता र धार्मिक मान्यता चित्रित भएका आर्टले आजका पुस्तालाई शिक्षा दिन्छन्', उनी भन्छिन्।

कलाकार कान्छा काजी भासिमा (सृजित) प्रदर्शनीमा सहभागि कलाकार मध्य एक हुन्। प्रदर्शनीमा उनका दुई चित्र छन्। एकमा वृद्ध व्यक्ति र अर्कोमा मछिन्द्रनाथ छन्। यी दुवै पेन्टिङ उनले 'वाटर कलर' को प्रयोग गरेर बनाएका हुन्। नेपाल बंगलादेशको मित्रतालाई यो प्रदर्शनीले अझै प्रगाढ बनाएको उनी बताउँछन्।

समीक्षक खनाल पनि प्रदर्शनीबाट दुई देशको मित्रताका आयामहरू देखाउन खोजिएको बताउँछन्। तर अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीमा अझ धेरै कलाकार र कला समावेश हुनुपर्ने उनी बताउँछन्।

नेपाल ललितकला प्रतिष्ठानका कूलपति के के कर्मचार्य अन्तराष्ट्रिय कला प्रदर्शनीमा उत्कृष्ट प्रदशन गर्न नेपालमा प्रादेशिक चित्रकलालाई प्राथमिकता दिनु पर्ने बताउँछन्। प्रदेश सरकारले चित्रकलालाई महत्व नदिएको गुनासो गर्दै उनी भन्छन्- ‘उपत्यका बाहिर कलाको अवस्था निकै नाजुक छ। यसको उत्थान गर्नु पर्छ।’

प्रदर्शनीकी संयोजक तथा नेसनल फाइन आर्ट अवार्ड विजेता रञ्जु यादवका अनुसार प्रदर्शनी दुई देशबीच बन्धुत्वको भावना कायम गर्न राखिएको बताउँछिन्।

प्रदर्शनीमा २३ कलाकारको सहभागिता छ। ११ जना नेपाली छन्। प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.