ग्राफिक एराको करिअर गोष्ठी
काठमाडौं : ग्राफिक एराले करिअर मार्गदर्शन गोष्ठी आयोजना गरेको छ। गत साता काठमाडौंमा सम्पन्न उक्त गोष्ठीमा बजार प्रबन्धक साबिह सबलोकले नेपाली विद्यार्थीका लागि खुला रहेका विभिन्न कोर्स छात्रवृत्तिमा उपलब्ध रहेको बताएका थिए।
सबलोकले भारतको उत्तराखण्डमा रहेको ग्राफिक एरा नेपाली विद्यार्थीले विज्ञान तथा प्रविधि र व्यवस्थापनमा स्नातक र स्नातकोत्तरका लागि उपलब्ध विकल्पबारे बताएका थिए। अध्ययनपछि उत्कृष्ट विद्यार्थीले कलेजबाटै एडोब, टाटा, आईबीएम जस्ता कम्पनीमा रोजगार पाउने उल्लेख गरे।
कलेजले विश्वव्यापी रूपमा स्तरीय कक्षाकोठाका साथै अनुसन्धान प्रयोगशाला, मनोरन्जन क्षेत्र, सामुदायिक रेडियो स्टेसन तथा छात्रावास सुविधा पाउनेछन्।
ग्राफिक एराले विश्वका उत्कृष्ट विश्वविद्यालयसँग सीप, ज्ञान र मनोभाव विकासका लागि सम्झौता गरेको छ। ग्राफिक इराका विद्यार्थी विश्वका जुनसुकै ठाउँमा काम गर्न सक्ने एनआईबीसी एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक रवि कुश्वाहाले बताए।