क्याम्पियनको रजत जयन्ती
काठमाडौं : क्याम्पियन एकेडेमीले स्थापनाको रजत जयन्ती मनाएको छ। शिक्षाको सेवामा भन्ने नारासहित यसैसाता रजत जयन्ती सम्पन्न भएको हो। क्याम्पियन विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जलपा प्रधान तथा क्याम्पियन एकेडेमीकी प्रिन्सिपल जोसेप निरौला तथा पहिलो ब्याच विद्यार्थी परिषद्का अध्यक्ष निर्णय श्रेष्ठको सहभागितामा रजत जयन्ती मनाइएको हो।
कार्यक्रममा सीजी एजुकेसनको बिजनेस युनिट प्रमुख गिर्ली अग्रवाल, एकेडेमिक प्रमुख भूषण गुरुङ, सञ्चालन प्रमुख राजेश शर्मा, सीजीका अन्य शैक्षिक संस्थानमा प्रिन्सिपल, विभिन्न संकाय प्रमुख, अभिभावक र अन्य अतिथि सहभागी थिए।
क्याम्पियन सन् १९९५ को जुनमा स्थापना भएको हो १० जोड दुईको अध्यापन गराउने कलेज अग्रणी स्थानमा छ। स्थापनादेखि नै विभिन्न विधा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायको अध्यापन भइरहेको छ।
कार्यक्रममा सीजी एजुकेसनकी बिजनेस युनिट प्रमुख अग्रवालले विद्यार्थीको उल्लेख्य सहभागिताले २५ वर्षको दौरानमा सफलता मिलेको बताइन्। उनले क्याम्पियनको सफलतामा यसका सम्पूर्ण सदस्यको भूमिका रहेको उल्लेख गरिन्।