व्यवसायमा जमेका बलिउडका ७ सफल अभिनेत्री

व्यवसायमा जमेका बलिउडका ७ सफल अभिनेत्री

बलिउडका केही अभिनेत्री अभिनयमा मात्र सीमित छैनन्। उनीहरू व्यवसायमा पनि सक्रिय छन्। तीमध्ये कोही सफलताको चुचुरोमा छन्। कोही जमानाका हिट अभिनेत्री हुन् भने कोही चाहिँ अभिनयमा सफल हुन नसकेपछि व्यवसायतिर लागेका हुन्।

आयशा जुल्का

सन् १९९० को दशककी सफल अभिनेत्रीमध्ये एक हुन्, आयशा जुल्का। उनले सलमान खान, आमिर खानलगायत अभिनेतासँग काम गरेकी छिन्। ११ वर्षको उमेरमा उनले फिल्म ‘कैसे–कैसे लोग’ बाट अभिनय क्षेत्रमा पाइला चालेकी थिइन्। अभिनेता अक्षय कुमारसँग ‘खिलाडी’ र आमिर खानसँग ‘जो जीता वही सिकन्दर’ जस्ता हिट फिल्ममा आयशाले काम गरेकी छिन्। सफलताको शिखरमा हुँदाताका बिहे गरेर उनी अभिनयबाट टाढिइन् र स्पा व्यवसाय खोलिन्। अहिलेसम्म त्यही व्यवसायमा सक्रिय छिन्।

ट्वीङ्कल खन्ना

अभिनेत्री ट्वीङ्कल खन्नाले फिल्म ‘बरसात’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। फिल्म खासै सफल भएन। आफ्नो अभिनय करिअरमा उनले १६ वटा फिल्ममा काम गरिन्। त्यसमध्ये धेरैमा उनलाई असफलता हात लाग्यो। सन् २००१ मा अभिनेता अक्षय कुमारसँग बिहे बन्धनमा बाँधिएपछि उनी अभिनयबाट टाढिइन्। अहिले उनी इन्टेरियर डिजाइनिङमा सक्रिय छिन्। साथै, उनी मैनबत्तीको व्यवसाय पनि गर्छिन्। मुम्बईमा उनको ‘द ह्वाइट विन्डो’ इन्टेरियर डिजाइन स्टुडियो छ। उनले रानी मुखर्जी, तब्बू, करिना कपुरलगायत अभिनेत्रीको घर डिजाइन गरेकी छिन्। ट्वीङ्कलले ‘मिसेस फनी बोन्स’ किताब पनि लेखेकी छिन्।

शिल्पा सेट्टी

फिल्म ‘बाजीगर’, ‘धडकन’, ‘जानवर’ लगायतमा काम गरेकी अभिनेत्री शिल्पा सेट्टी पनि व्यवसायी हुन्। शिल्पा खाना पकाउन र खान सोखिन छिन्। आफ्नो त्यही सोखलाई उनले व्यवसाय बनाएकी छिन्। उनी युट्युबमा आफ्नो कुकिङ च्यानल चलाउने गर्छिन्। उनी योग गुरु पनि हुन्। योगका थुप्रै सीडी÷डीभीडी उनले निकालेकी छिन्। मुम्बईमा उनको स्पा सेन्टर र क्लब पनि छ।

आयशा टाकिया

अभिनेत्री आयशा टाकियाले ‘टार्जन द वन्डर कार’, ‘वान्टेड’ लगायत फिल्ममा काम गरेकी छिन्। तर, अभिनय क्षेत्रमा उनी खासै जम्न सकिनन्। सन् २००९ मा उनले फरहान अज्मीसँग बिहे गरिन्। उनका श्रीमान् रेस्टुरेन्ट कारोबारी हुन्। बिहेपछि उनी पनि श्रीमान्सँग रेस्टुरेन्ट व्यवसायमा सक्रिय भइन्। आयश आफैँ पनि शाकाहारी हुन्। रेस्टुरेन्टको मेनुमा पनि शाकाहारी परिकार नै धेरै छन्।

सुस्मिता सेन

सन् १९९४ मा ‘मिस युर्निभर्स’ को उपाधि जितेकी अभिनेत्री सुस्मिता सेनले अभिनयमा खासै कमाल देखाउन सकिनन्। फिल्म क्षेत्रमा सफल हुन नसकेपछि उनी व्यवसायतिर लागिन्। मुम्बईमा उनले बंगाली रेस्टुरेन्ट खोलेकी छिन्। बंगाली परिकार पाइने यस रेस्टुरेन्टको नाम ‘बंगाली मासी किचेन’ हो। त्यसबाहेक उनको यूएईमा गहना पसल छ। साथै, उनी ‘तन्त्र इन्टरटेन्मेन्ट’ प्रोडक्सन कम्पनी पनि सञ्चालन गर्छिन्।

सोनम कपुर

अभिनेत्री सोनम कपुर बलिउडमा फेसन आइकनका रूपमा चिनिन्छिन्। उनले पहिरनसम्बन्धी व्यवसाय गरेकी छिन्। बहिनी रिया कपुरसँग मिलेर उनी रेसन ब्रान्ड नामक अनलाइन फेसन स्टोर चलाउँछिन्। यस ब्रान्डले महिलाका पहिरन मात्र बेच्ने गर्छ। यस स्टोरमा चार सयदेखि चार हजार रुपैयाँसम्मका पहिरन पाइने गर्छन्।

सनी लियोन

अभिनेत्री सनी लियोन पनि व्यवसायी हुन्। उनी वयस्क अनलाइन स्टोर ‘आई एम बेसरम डट कम’ चलाउने गर्छिन्। स्टोरमा एडल्ट ट्वाइज, कस्टुम, पार्टी वेयर र स्विम वेयर पाइन्छन्। सनीले कस्मेटिक ब्रान्ड पनि लन्च गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.