बाख्रा चराउन गएका दुई बालकको डुबेर मृत्यु
वीरगन्ज : बाख्रा चराउन गएका बेला खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।
बाराको प्रसौनी गाउँपालिका ४ स्थित दुधौरा खोलामा बिहीबार डुबेर स्थानीय इब्राहिम अंसारीका छोरा १० वर्षीय साहिल अंसारी र अजमुल्लाह अंसारीका छोरा १२ वर्षीय अरमान अंसारीको मृत्यु भएको हो।
बाख्रा चराउन गएका दुबै बालक नुहाउने क्रममा खोलामा डुबेको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए।
खोलामा डुबेर बेहोस भएका दुवै बालकलाई उपचारको लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए।