दाहाल यज्ञनिधिको ‘खुल्ला आकाश’ गीति एल्बम सार्वजनिक

दाहाल यज्ञनिधिको ‘खुल्ला आकाश’ गीति एल्बम सार्वजनिक

काठमाडौं : साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको ‘खुल्ला आकाश’ गीति एल्बम सार्वजनिक भएको छ। दाहालको प्रथम स्मृति सभाको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा गीति एल्बम सार्वजनिक भएको हो। 

एल्बममा उनले रचना गरेका पाँच गीत समावेश छन्। ‘खुल्ला नीलो आकाश’ बोलको गीतमा नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन्। यसमा लोचन भट्टराईको स्वर रहेको छ।  ‘पानीबिना’ बोलको गीतमा आयुष केसीको स्वर छ। ‘देख्यौ दिदी’ बोलको गीतमा संगीत संयोजन फणीन्द्र राईको छ। यसमा लोचन भट्टराई र संगीता प्रधान रानाले स्वर दिएका छन्। 

‘मेरो देश’ बोलको गीतमासमेत फणीन्द्र राईले नै संगीत संयोजन गरेका छन्। यसमा गायकद्वय कुबेर राई र लोचन भट्टराईले स्वर दिएका छन्। 

‘हिक्का लाग्छ’ बोलको गीत सचिन सींले संगीत संयोजन गरेका छन् भने लोचन भट्टराईको स्वर दिएकी छन्। पर्पल स्टुडियोमा तयार पारिएको गीतको रेकर्डिङ शरण छिनामले गरेका हुन्छ । मिक्सिङ सुमन खड्काले गरेका छन्। गीति एल्बमको निर्माण दाहालकी धर्मपत्नी सुधा दाहालले गरेकी हुन्। पाँच गीतको संगीत लोचन भट्टराईले गरेकी हुन् भने संगीत संयोजनमा अन्य कलाकारले साथ दिएका छन् ।

कार्यक्रममा भारतीय गीति कार्यक्रम सारेगमपबाट भारतमा चर्चा कमाएका नेपाली बाल गायक आयुष केसीको पनि उपस्थिति थियो। उनले एल्बममा गाएकै ‘पानीविना’ बोलको गीत गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दाहाल यज्ञनिधिको सञ्चारकर्मी र साहित्यकार व्यक्तित्वको कुरा गर्दा राजनीतिक व्यक्तित्वलाई छुटाउनु नहुने बताए। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उनको योगदान महत्वपूर्ण रहेको सम्झना गरे। 

यज्ञनिधिले अश्रुग्यासको बीचबाट गणतन्त्रको लागि आवाज उठाएको सम्झँदै मन्त्री पोखरेलले दाहालको चेत अहिलेको समाजलाई पनि उत्तिकै आवश्यक रहेको बताए। ‘यज्ञनिधिको चेत आजको समाजलाई आवश्यक छ’, उनले भने, ‘उहाँको चेत तथा अभ्यास हामीले पहिल्याउनु चुनौतिपूर्ण छ।’ 

कार्यक्रममा शारीरिक रुपमा अशक्त राधिका र गायत्री दाहाललाई दाहालको चाहना अनुसार परिवारका सदस्यले सम्मान गरे। पुस्तक प्रकाशन सहयोगका निम्ति रत्नरेग्मी निधिलाईसमते दोसल्लासहित सम्मान प्रदान गरिएको थियो। कार्यक्रमलाई पूर्वमन्त्री त्रिलोचन ढकाल, लोचन भट्टराई, रमेश शुभेच्छु, ठाकुर बेल्बासे, निलम कार्की निहारीकालगायतले सम्बोधन गरेका थिए। दाहालका सिर्जनाको संरक्षण गर्न समिति बनाएर काम अगाडि बढाएको शुभेच्छुले जानकारी गराए । 

कार्यक्रममा देउडा गायक नन्दकृष्ण जोशी, जनवादी गायक जेबी टुहुरे, साहित्यकार हरिहर खनाल, प्रा.डा. जिवेन्द्रदेव गिरी, डा. तुलसी भट्टराई, प्रा. प्रयागराज वाशिष्ठ, मित्रसेन दाहाल, डा. देवी नेपालसँगै दाहालका शुभचिन्तक र परिवारका सदस्यको बाक्लो उपस्थिति थियो। कार्यक्रममा ‘साहित्यसेवी दाहाल यज्ञनिधि’ शीर्षकको १५ मिनेट लामो वृत्तचित्रसमेत प्रदर्शन भयो। यसको निर्माण दीपक बज्राचार्यले गरेका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.