स्वस्तिमा र निश्चललाई आदर्श जोडीको सम्मान

स्वस्तिमा र निश्चललाई आदर्श जोडीको सम्मान

काठमाडौं : नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रूपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुला चौरमा आयोजित तीनदिने तीज माइती मेला– २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै उनीहरूलाई सम्मान गरिएको हो ।

श्रीमान् श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफलसमेत बनेको जोडीलाई हरेक वर्ष तीज कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको आयोजक संस्था ललित ब्युटिसियन बहुउद्देश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मीनाकुमारी रिमालले बताइन् । सात वर्षदेखि हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस वर्षदेखि ‘सबैको लागि मनोरञ्जन र उत्सव’ भन्ने उद्देश्यसहित खुल्ला रूपमा मेलासहित निःशुल्क सरु भएको रिमालले बताइन् ।

तीज माइती मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमुख अतिथि थिए भने प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी विशिष्ट अतिथि थिए । कार्यक्रमा मेयर महर्जनले यस प्रकारका कार्यक्रमले नेपालको सांस्कृतिक महŒव जोगाइराख्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमा ललितपुर महानगरपालिकाकी उपमेयर, कलाकारलगायतको उपस्थिति तथा प्रस्तुति रहेको थियो ।

तीज मेलाको आयोजना ललित ब्युटिसियन बहुउद्देश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.