संस्थागत ग्राहकलाई टेलिकमको अफर

संस्थागत ग्राहकलाई टेलिकमको अफर

काठमाडौं : नेपाल टेलिकमले संस्थागत ग्राहकलाई मासिक अफर सार्वजनिक गरेको छ। न्यूनतम प्याकेज रकमबाट मोबाइलमा मासिक असीमित कुराकानी गर्न सकिने सुविधा टेलिकमले दिएको छ। संस्थागत प्रयोगकर्ता समूह (सीयूजी) योजना लिएर ग्राहकले यो सुविधा लिन पाउने टेलिकमले जानकारी दिएको छ।

यो सुविधा लिन एउटै कम्पनीभित्रका कम्तीमा १० जना मोबाइल प्रयोगकर्ता हुनुपर्नेछ। १० जनाभन्दा बढी संस्थागत प्रयोगकर्ता भएको कार्यालयले यो सुविधा उपयोग गर्न पाउनेछन्। टेलिकमका सबै प्रकारको नम्बरबाट यो सेवा लिन सकिन्छ। प्रयोग गरिरहेका वा नयाँ नम्बरबाट पनि यस्तो सेवामा आबद्ध हुन सकिने जानकारी टेलिकमले दिएको छ।

योजनामा आबद्ध संस्थागत प्रयोगकर्ताले आफ्नो समूहभित्रका मोबाइल नम्बरमा निःशुल्क असीमित कुराकानी गर्न सक्ने सुविधा टेलिकमले दिएको छ। यो सुविधा प्रयोग गर्न सीयूजी सेवामा आबद्ध समूहका नम्बरबाहेक नेपाल टेलिकमका अन्य नम्बरका प्याकेजमा उपलब्ध गराइएको फ्री रिसोर्सेजसम्म भ्वाइस, डाटा र एसएमएस निःशुल्क प्रयोग गर्न सकिन्छ। कर्पोरेट ग्राहक सेवा टेलिकमको कुनै पनि कार्यालयबाट लिन सकिने उल्लेख छ।

ग्रुपलाई प्याकेजमा सेवा दिएको छ। जीएसएम÷सीडीएमए प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध हुने गरी दुई सय रुपैयाँको संस्थागत प्याकेज उपलब्ध छ। यो सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले एक सय मिनेट समूहबाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न र ५० वटा सन्देश पठाउन सक्नेछन्। यही सेवाअन्तर्गत मासिक एक सय ४० एमबीको डाटा चलाउन पाइन्छ। यस्तो प्याकेजमा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमासमेत १० मिनेट कुरा गर्न सकिने सुविधा टेलिकमले दिएको छ।

प्रिपेड वा पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताका लागि चार सय, सात सय, एक हजार, १३ सय र १६ सय रुपैयाँका प्याकेज उपलब्ध रहेको छ। चार सय रुपैयाँको संस्थागत प्याकेज लिँदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २३० मिनेट कुराकानी गर्न, तीन सय एमबीको डाटा चलाउन र एक सय एसएमएस पठाउन सकिन्छ। यसैमा २० मिनेट कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा कुरा गर्न सकिने टेलिकमले उल्लेख गरेको छ। यस्तो सुविधा ७ सय, १३ सय र १६ सय रुपैयाँका निम्ति सोहीअनुसार बढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.