प्रतिबन्धपछिको पहिलो टेस्टमा स्मीथको कमाल

प्रतिबन्धपछिको पहिलो टेस्टमा स्मीथको कमाल

इङ्ल्याण्ड : एक वर्षे प्रतिबन्धका कारण १६ महिनापछि टेस्ट क्रिकेटमा फर्किएका अस्ट्रेलियाका पूर्व कप्तान स्टेभन स्मीथले प्रभावशाली प्रदर्शन गरेका छन्।  बिहीबार इङ्ल्याण्डविरुद्धको टेस्टमा स्मीथले एकल प्रदर्शन गरी टोलीलाई सम्मानजनक स्कोरसम्म डोर्‍याए।  

५ टेस्ट सिरिजका लागि इङ्ल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियनले टोली पहिलो खेलको पहिलो दिनमा निकै खराब प्रदर्शन गर्‍यो। अस्ट्रेलियाले १२२ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो। माथिल्लो अर्डरका अन्य ब्याट्सम्यान लगातार आउट हुँदा चौथो नम्बरमा क्रिजमा आएका स्मीथ अन्तिमसम्म टिकेर खेले। २१९ बलको सामना गरेको उनले १६ चौका र २ छक्कासहित १४४ रन बनाए। 

 स्मीथले ४२ रन बनाएर खेलिरहँदा ८औं विकेट गुमेको थियो। उनले पिटर सिद्धिसँग ९औं विकेटका लागि ८८ रन र १०औं किवेटका लागि नाथन लिओनसँग ७४ रनको साझेदारी गरे। 

उनीबाहेब पिटर सिद्धिले ४४ र त्राविस हेडले ३५ रनको योगदान गरे। अन्यले राम्रो योगदान गर्न सकेनन्। अन्तिममा क्रिजमा आएका नाथन लिओन भने स्मीथ आउट भएपछि १२ रनमा नटआउट भए। 

इङ् ल्याण्डका स्र्टुड ब्रोडले ५ र क्रिस वेस्क्सले ३ विकेट लिए। पहिलो दिन सकिँदा इङ्ल्याण्ड बिना विकेट १० रन जोडेको छ।  २०१८ मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा अस्ट्रेलियाका खेलाडी क्यामरुन ब्यानक्रफ्टले ‘बल टेम्परिङ’ (बल बिगारेको) प्रमाणित भएपछि अस्ट्रेलियाको क्रिकेट बोर्डले उनीसहित कप्तान स्मीर र उपकप्तान डेभिड वार्नरलाई पनि कारबाही गरेको थियो।  गत मार्चमा १ वर्षे प्रतिबन्ध सकाएपछि स्मीथर र वार्नर दुवै राष्ट्रिय टोलीमा पर्किएका हुन्। 

प्रतिबन्धपछिको पहिलो एक दिवसीय खेलमा पनि स्मीथले शतक बनाएका थिए। गत महिना मात्रै सकिएको एक दिवसीय विश्वकपमा पनि राम्रो प्रदर्शन गर्न सफल स्मीथले प्रतिबन्धपछिको पहिलो टेस्टमा पनि उत्कृष्ट लय कायम गरेका छन्। ३० वर्षीय स्मीथको टेस्ट क्रिकेटमा राम्रो रेकर्ड छ। ६५ प्रतियोगिताको ११८ इनिङमा उनले २४ शतक, २४ अर्ध शतक र २ पटक दोहोरो शतक बनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.