पानी ट्यांकीमा बालकको शव

पानी ट्यांकीमा बालकको शव

काभ्रे : पानी ट्यांकीमा बालको शव भेटिएको छ । काभ्रेको बनेपा नगरपालिका-६ बुडोलमा १६ महिनाको बालकको शव पानी ट्याक्कीमा भेटिएको हो । 

चितवनको राप्ती नगरपालिका स्थायी घर भएर बनेपा ६ बुडोलमा डेरा गरी बस्ने धुव्र खरेलेको १६ महिनाको छोरो अभिनव खरेल मृत अवस्थामा पानी ट्याक्कीमा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानै अभिभावकहरु धारामा पानी लिन गएको समयमा १६ महिनाका अभिनव एकाएक हराएका थिए । छोरा हराएको लामो समयसम्म नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले संम्भावित ठाँउहरुमा खोज्ने क्रममा पानी राख्ने रिर्जभ ट्याक्कीमा हेर्दा बालक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए । प्रहरीले के कारणले घटना भयो त्यसको थप अनुशन्धान गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.