साउदी अरबका महिला अब पुरुषको अनुमतिविना विदेश जान पाउने
साउदी : साउदीका महिलाहरु अब आफ्ना पुरुष अभिभावकको अनुमति विना नै विदेश भ्रमण गर्न पाउने भएका छन् ।
एक्लै तथा परिवारको अनुमतिविना विदेश जान नपाउने प्रतिबन्ध फुकुवा भएको यहाँको सरकारले पुष्टि गरिदिएको हो । उच्च घरानियाँ परिवारबाटै युवतीहरु भागेर विदेश जाने क्रम देखिन थालेपछि शुक्रबार यस्तो फैसला घोषणा गरिएको हो ।
अमेरिकाका लागि साउदी राजदूत रिमा बन्दर अल साउदले पनि सरकारको यस्तो फैसलालाई पुष्टि गरेकी हुन् । यसअघि साउदी महिलाहरु श्रीमान, बावु, दाजु वा पुरुष आफन्तको सल्लाह विना विदेश जान पाउने थिएनन् ।