परम्परागत बुद्ध विहारमा यसरी विवाह गरे पश्चिमा सेलिब्रिटी जोडीले

परम्परागत बुद्ध विहारमा यसरी विवाह गरे पश्चिमा सेलिब्रिटी जोडीले

लण्डन : अधिकांश जोडी विवाह गर्न भौँतारिने भेन्यु भव्य होटल वा ‘पार्टी प्यालेस’ नै होला ।

तर बेलायती गायिकाले यस्तो ठाउँमा विवाह गरिन्, जुन ठाउँबारे नै समाचार बन्यो । अहिले पश्चिमा मिडिया उनै लियोना लेविसले विवाहको लागि छनोट गरेको ‘भेन्यु’बारे चर्चा गर्दै छन् ।

खासमा लेविस र उनका प्रेमी डेनिस जचको विवाह एक बुद्ध विहारमा सम्पन्न भयो । गत जुलाइ २७ मा उनीहरु विवाहका लागि किन पूर्वीय धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रमै पुगे त ? यसबारे मिडियामा चर्चा भएको छ ।

यससँगै उनीहरुको विवाह समारोहका लागि काटिएको ‘वेडिङ केक’ पनि ‘भेजिटेरियन’ नै थियो । साथमा धेरैथरी फलफूल । बेलायतमै ८६५ एकर क्षेत्रफलमा फैलिएको उक्त विहार १६औं शताब्दिको रहेको अन्तर्राष्ट्रिय मिडिया बताउँछन् ।

पृष्ठभुमिमा मन्त्रमुग्ध संगीत । साथमा सेतो पहिरनमा सजिएको यो जोडीको विवाह यस्तो परम्परागत स्थलमा गरिएकै कारण पनि चर्चा भएको हो । नवविवाहित यो जोडीले भने पहिलेदेखि नै कतै घरजस्तै शान्त महसुश गर्न सकिने ठाउँमा विवाह गर्न चाहेको प्रतिक्रिया दिएको छ ।

लियोना र डेनिस २०१० मा पहिलो पटक भेटेका थिए । ३१ वर्षे डेनिस बियोन्से, केली र पिटबुलसँग समेत काम गरिसकेका जर्मन कोरियोग्राफर हुन् । ३४ वर्षीया लियोना बेलायती गायिका हुन् । बेलायतकै पुरानो उक्त विहारमा विवाह गरेपछि उनीहरुले तस्बिर सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.