३३ किलो सुनकाण्डका अभियुक्तको धरौटी सदर : गोल्यान थुनामुक्त

३३ किलो सुनकाण्डका अभियुक्तको धरौटी सदर : गोल्यान थुनामुक्त

काठमाडौं : सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा संलग्न अभियुक्तमध्ये उच्च अदालतले थुनामा राख्न आदेश दिएका अधिकांशलाई थुनामा र केहीलाई धरौटी तारिखमा छाड्न आदेश दिएको छ। 

सर्वोच्चको आदेश अनुसार सुन काण्डमा मुछिएका निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङसहितका अभियुक्तहरु थुनामै रहने भएका छन्। 

शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत विराटनगरको धरौटी आदेशलाई सदर गर्दै उक्त निर्णय सुनाएको हो। अभियुक्तलाई थुनामा राखेर कारवाही अगाडि बढाउनुपर्ने मागसहित सरकारी वकिलले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। 

उच्च अदालत विराटनगरले धरौटी रकम मागेका अभियुक्तहरुले मुद्दाको पुर्पपक्षका लागि साधारण तारिखमा बस्न पाउनुपर्ने मागसहित छुट्टै निवेदन दिएका थिए। 

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले सुन प्रकरणमा मुछिएका व्यवसायी महावीर गोल्यानलाई १० लाख रुपैयाँ धरौटी रकम तोकेको छ। 

उनलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सर्वोच्चको यो निर्णयसँगै ३३ किलो सुन प्रकरणमा मुछिएका ३१ अभियुक्तले थुना बाहिर बसेर मुद्दा लड्न पाउने भएका छन्। उक्त प्रकरणमा आदेश गर्ने विराटनगर उच्च अदालतका सात न्यायाधीशमाथि न्यायपरिषद्ले छानबिनसमेत गरेको थियो।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.