उच्च शिक्षाको छात्रवृत्तिबारे अध्ययन गर्न समिति गठन

उच्च शिक्षाको छात्रवृत्तिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं : उच्च शिक्षाको छात्रवृत्तिबारे अध्ययन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेको छ। विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. भिमप्रसाद सुवेदीको संयोजकत्वमा शुक्रबार मन्त्री स्तरीय निर्णयले ७ सदस्यीय समिति गठन गरेको हो।

विभिन्न विषयमा अध्ययन गरेका विद्यार्थीले अध्ययन समाप्त गरेपछि सरकारले खटाएको स्थानमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने र मुलुकलाई आवश्यक परेका विषय क्षेत्रमा जनशक्ति परिचालन गराउने सम्बन्धमा अध्ययन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेको मन्त्रालयले जानकारी दिएको छ। 

समितिमा कृषि, इन्जिनियरिङ्ग, वन, पशु विज्ञान, लगायत सबै प्राविधिक शिक्षामा आंशिक तथा पूर्ण छात्रवृत्तिमा पढेका विद्यार्थीले पढाइ सकेपछि सरकारले खटाएको क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था गर्नुपर्ने विषयमा अध्धयन हुने बताएको छ। योभन्दा पहिला स्वास्थ्य शिक्षामा सो व्यवस्था कायम गरिएको थियो। 

समितिमा विश्व विद्यालयका रजिष्ट्रार, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव र प्राविधिक तथा व्यवसायिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहने मन्त्रालयल जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.