अवैध खोला दोहन : स्काभेटरसहित चालक पक्राउ

अवैध खोला दोहन : स्काभेटरसहित चालक पक्राउ

धादिङ : अवैध रुपमा खोला उत्खनन् गरिरहेका बेला जिल्ला प्रहरी कार्यलय धादिङको टोलीले स्काभेटरसहित चालकलाई पक्राउ गरेको छ। नियम विपरीत खोलाको प्राकृतिक बहाव नै परिवर्तन हुनेगरी गजुरी गाउँपालिका–६ सेरास्थित दरियाँल खोलामा स्काभेटर लगाइरहेको अवस्थामा शुक्रबार निरन्जन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काका अनुसार गत साउन १० गते पनि खोला दोहन गरेको भन्दै २वटा डोजर नियन्त्रणमा लिइएको थियो। १२ गते ५० हजार जरिवाना तिराएर चालकलाई छाडिएको थियो। 

त्यस्तै अवैधानिक रुपमा खोलामा स्काभेटर लगाएर मेलापात गर्न जोखिम भएको र गाइबस्तु तथा किसानहरु खोलामा डुवेको भन्दै गते साउन १२ गते दरियाँल खोला आसपासका स्थानीयहरुले २ वटा स्काभेटर कब्जामा लिएर जलाउने प्रयास समेत गरेका थिए।

जिल्ला अनुगमन समितिले त्रिशुली नदी र यसका सहायक खोलाहरुमा जथाभावी स्काभेटर डोजर लगाउन नपाउने नियम बनाएको छ। गत मंगलबार बसेको बैठकले अनुगमनलाई कडा बनाइ खोलामा डोजर भेटिए तत्काल कारवाही गर्ने चेतावनी दिएको थियो। तर, दिउसो प्रहरी प्रशासनको आँखा छलेर रातीको समयमा तस्करहरुले खोलामा डोजर लगाउँदै आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.